विपी स्मृति पुस्तकालय गण्डकी प्रदेश विधिवत् दर्ता

पोखरा, २८ पुस । विपी स्मृति पुस्तकालय, गण्डकी प्रदेश आजदेखि विधिवत् दर्ता भएको छ । संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय कास्कीमा संस्था दर्ता गरिएको हो ।
संस्था दर्ताको प्रमाणपत्र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले पार्टी सभापति शुक्रराज शर्मा, महामन्त्री विषण्ुप्रसाद लामिछाने लगायतको उपस्थितिमा पुस्तकालयका अध्यक्ष एवम् नेृपाली काँग्रेस गण्डकीका प्रवक्ता माधवप्रसाद बास्तोला मधुलाई हस्तान्तरण गर्नुभयो ।
Happy विपीका राजनीतिक एवम् साहित्यिक दस्तावेजसँगै विभिन्न खोज तथा अनुसन्धानात्मक कृतिको संग्रहसँगै प्रदेशकै एउटा अध्ययनको केन्द्रका रुपमा पुस्तकालय सञ्चालन गर्ने लक्ष्य लिइएको नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो ।
“पुस्तकालय विपीका सम्बन्धमा शोध तथा अनुसन्धान गर्नेका लागि पनि महत्वपूर्ण गन्तव्य हुनसक्छ”, उहाँले भन्नुभयो ।
पुस्तकालयसँगै नेपाली काँंग्रेस गण्डकी प्रदेशले स्थापनाको लक्ष्य लिइएकोे ५० लाख रुपैयाँको अक्षयकोषबाट गण्डकी प्रदेशमा प्रजातन्त्रका लागि विशिष्ट योगदान गर्ने ११ वटै जिल्लाका ११ जनालाई वार्षिक रुपमा २५ हजार रुपैयाँ नगद सहित सम्मान गर्ने लक्ष्य लिइएको नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सदस्य एवम् पुस्तकालयका कोषाध्यक्ष शिरोमणि बरालले जानकारी दिनुभयो ।

Advertisment