तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषदको तेह्रौ केन्द्रिय पार्षद भेला यही चैत १८ र १९ गते पोखरामा

पोखरा १५ चैत । तमु समुदायको छाता संस्थाको रुपमा स्थापित तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषदको तेह्रौ केन्द्रिय पार्षद भेला यही चैत १८ र १९ गते सुन्दर नगरी पोखरामा हुने भएको छ ।
बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै संस्थाले सो जानकारी दिएको हो ।
दुई दिनसम्म हुने केन्द्रिय पार्षदसभामा गुरूङ जातिको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनैतिक अधिकारका बिषयमा छलफल हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा परिषद् अध्यक्ष कर्णबहादुर गुरूङले जानकारी दिएका थिए ।

तमू भाषालाई सरकारी कामकाजको भाषा हाम्रो आव्हान, तमू भाषामा तमू थातथलोको नाम पुर्नस्थापना र ऐतिहासिक पहिचानको संरक्षण हाम्रो अभियान’ नारासहित आयोजना हुने सो भेलामा देशभरबाट गरी ६ सयजना प्रतिनिधिहरूको सहभागिता रहने महासचिव डम्बर बहादुर गुरुङले जानकारी दिएका छन ।

विभिन्न जिल्ला तथा प्रदेश समितिहरू, विशेष सदस्य संगठन, केन्द्रिय सल्लाहकार, निर्देशन तथा अनुगमन समितिको भेलामा सहभागिता रहने छ । पोखरा सभागृहमा हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको परिषद कास्कीका अध्यक्ष सीता गुरुङले जानकारी दिईन । ६ सय प्रतिनिधिहरुको लागि खानपिन तथा बसोबासको लागि बन्दोबस्त गरिसकेको उनले जानकारी दिएकी छन्चै । १८ गते बिहान पोखराको चिप्लेढुंगामा जम्मा भएर झाँकी, र्याली सहित पोखरा सभागृहमा पुगेर सभामा परिणत हुने समेत उनले जानकारी दिईन ।

संस्थाको सांगठनिक संरचना राज्यको संघीय संरचना अनुसार ७ वटै प्रदेशमा प्रदेश कार्यसमिति, ६५ वटा जिल्लामा जिल्ला कार्यसमिति रहेको महासचिव डम्बर बहादुर गुरुङले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा परिषदका उपमहासचिव मनोज गुरुङ लगायतले तमुहरुको ऐतिहासिक थाकथलो, बसाई सराईबाट परिवर्तन हुँदै गएको पहिचान, भाषा, संस्कार, संस्कृति तथा एकताका बारेमा बोलेका थिए ।

बिरही लाई वधाइ तथा सम्मान

कार्यक्रममा हालै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सचिवमा मनोनित लोकप्रीय गायक श‌ङ्कर बिरही गुरुङलाइ वधाइ तथा सम्मान गरिएको थियो । उनलाइ परिषद कास्कीका अध्यक्ष सीता गुरुङ, उपमहासचिव मनोज गुरुङ, महासचिव डम्बर बहादुर गुरुङ, अध्यक्ष कर्ण बहादुर गुरुङले फूलमालाले सम्मान गरेका थिए ।

परिषद् कास्कीका अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रेडियो गोरखालीका स्टेशन म्यानेजर, संञ्चारकर्मी खिमा गुरुङले गरेकी थिइन ।

Advertisment