भारतीय राजदुताबासको कला/संगितले पोखरेलीमा उत्सुकता !

जेठ २४, पोखरा ।  भारतीय राजदुताबास पेन्सन बितरण कार्यालय रामबजारमा मंगलबार एक बिशेष कार्यक्रम सम्पन्न भएको छ । मित्र राष्ट्र भारतको बैंगलोरबाट आउनुभएका कलाकारहरुको सकृय प्रदर्शनले पोखराका अग्रज समाजसेवी, शिक्षासेवी, उच्च सुरक्षा अधिकारीहरुमा कला संगितमा थप उत्सुकता थपिदिएको छ । सृष्टिकला स्कूल अफ फाइन आर्ट्स बैंगलोरका कलाकारहरुले नृत्य समर्पण कार्यक्रम “नृत्यान्जली” प्रस्तुत गरिएको थियो ।आजादीको अमृत महोत्सवको अवसर पारेर भारतीय राजदुतावास काठमाण्डौ स्वामी बिबेकानन्द कल्चरल सेन्टरले पेन्सन वितरण कार्यालय पोखरामा भरतनाट्यम नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा भरतनाट्यम नृत्य सृष्टिकला स्कूल अफ फाइन आर्ट्स बैंगलोरका कलाकारहरु बाट मग्नमुग्ध नृत्य प्रस्तुत गरिएको थियो ।

 

कार्यक्रममा प्रस्तुत नृत्यको गुरु विदुषी कन्चन सत्यवन्तले निर्देशन गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ बिशेष अतिथि नेपाली सेना पश्चिम पृतनापति मेजर जनरल दिपककुमार बानियां र भारतीय पेन्सन बितरण कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्तसिंह बघेलले कलाकारहरुलाई सम्मान गर्नुभएको थियो ।IMG_7090

कार्यक्रममा पोखरा स्थित उच्च सुरक्षा अधिकारी, बिभिन्न संघ, संस्थाका बिशिष्ट समाजसेवी, शिक्षासेवी लगायतको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।

Advertisment