पोखराको सेतीमा अवैध बालुवा उत्खनन गर्ने ३ टिप्पर नियन्त्रणमा, जरिवाना गरि छाडियो

पोखरा, ३१ असार ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. २५ स्थित सेती गण्डकी नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन गरिरहेको अवस्थामा प्रहरीले तीनवटा टिप्पर र तिनका चालकहरूलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार (असार ३० गते) राति करिब १०:१५ बजे नदी किनारमा अवैध रूपमा बालुवा लोड गरिरहेको अवस्थामा ती सवारी साधनहरूलाई नियन्त्रणमा लिएको हो।

महानगरद्वारा जरिवाना तिराएर छाडियो

नियन्त्रणमा लिइएका टिप्पर र चालकहरूलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको थियो। महानगरको कार्यालयले नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई जनही रु. १५,०००।– (अक्षरुपी पन्ध्र हजार रुपैयाँ) जरिवाना गरी छाडेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका चालक र सवारी साधनहरूको विवरण:

 सवारी साधन: ग १ क ४४७२ नं. को टिप्पर

 चालक: २६ वर्षीय सुजन गुरुङ (स्थायी घर: गोरखा, हाल बसोबास: पोखरा-१९, लामाचौर)

 सवारी साधन: GAA ००७६ नं. को टिप्पर
चालक: २६ वर्षीय विकास घर्ती (स्थायी घर: रुकुम, हाल बसोबास: पोखरा-१, सिम्पानी)

 सवारी साधन: GAA ०१२४ नं. को टिप्पर

 चालक: २५ वर्षीय राजु मगर (स्थायी घर: ओखलढुङ्गा, हाल बसोबास: पोखरा-२५, याम्दी)

Advertisment