पोखरा, १० असोज
विभिन्न तीन संघ संस्थाको सहकार्यमा आउदो शुक्रबार विश्व मुटु दिवस पोखरामा मनाईने भएको छ । हरेक वर्ष सेप्टेम्बर २९ तारिकका दिन विश्वभर यो दिवस मनाइने गरिन्छ । नेपाली मिति अनुसार आउदो शुक्रबार अर्थात असोज १२ गते पोखरामा स्वस्थ मुटु नेपाल, चरक मेमोरीयल हस्पिटल प्रालि र टाईगर ग्रुप अफ पोखरा नेपालको सहकार्यमा संयुक्त रुपमा दिवस मनाईने भएको आयोजक संस्था स्वस्थ मुटु नेपालका सदस्य ईन्द्र प्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार आउदो शुक्रबार बिहान सात बजे पोखरा ६ वैदाम स्थित क्याम्पिङ चोक (हल्लन चोक) देखि फिस्टेल गेटसम्म प्रभातफेरी निकालिने भएको छ । प्रभातफेरिमा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ । प्रभातफेरी फिस्टेल गेटमा पुगेर औपचारीक कार्यक्रममा परिणत हुनेछ ।
कार्यक्रममा स्वस्थ मुटु नेपालका अध्यक्ष समेत रहेका मनमोहन कार्डियो भास्कुलर सेन्टर, टिचिङ हस्पिटल (त्रि.बि.) काठमाडौमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा सुर्य देवकोटा सगै अन्यले मुटुरोग, यसबाट बच्ने उपाय संगै मुटु स्वच्छ बनाउन दैनिक जिवनमा गर्नु पर्ने विविध पक्षका बारेमा जानकारी गराउने भएको छ ।
पोखरामा विश्व मुटु दिवस मनाउने तयारी
September 27, 2023
407
Advertisment




