स्याङजाको राम्चेमा यसवर्ष पनि शिवजी मेला तथा विविध साँस्कृतिक साँझ हुदै

धनु गुरुङ

स्याङ्जा, ७ मंसिर,

स्याङ्जाको वालिङ नगरपालिका वडानम्बर ३ राम्चेमा यस वर्ष पनि शिवजी मेला तथा विविध साँस्कृतिक साँझ हुने भएको छ ।

कार्तिक शुक्ल पुर्णिामाको अवसरमा वर्षेनी हुदै आएको मेलाले यस वर्ष पनि निरन्तरता पाउने भएको छ । यस वर्ष स्थानीय शिवमित्र तमु युवा परिवारको आयोजनामा मंसिर ९ गतेदेखी १२ गतेसम्म मेला आयोजना गरिएको छ । मेलामा स्थानिय कला संस्कृति तथा झाँकी प्रर्दशनीका साथै आमान्त्रित राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने क्लबका सास्कृतिक संयोजक झलक गुरुङले बताए। गाँउको विकास युवाहरुको काँधमा भन्ने मुल नाराका साथ आयोजित मेलामा साँंस्कृतिक कार्यक्रम तर्फ दुर्गा गुरुङ , दोहरी च्यम्पियन विजेता प्रकाश पराजुली, गण्डकी तारा ओम गुरुङ, केश बहादुर गुरुङ, नेत्र गुरुङ, मधु थापा मगर, र ममता गुरुङ लगायत कलाकारहरुको प्रस्तुती रहने उनले बताए । त्यसैगरी तरेली सास्कृतिक परिवार पोखरा र शिवमित्र तमु युवा परिवारको सांस्कृतिक प्रस्तुती पनि रहने छ । यसवर्ष मंसिर ११ गते पुर्णिमाका दिन शिवजी मन्दिरमा  पुजाआजा हुने भएको छ । स्याङजा जिल्ला कै शक्तीपिठहरु मध्ये एक शिवजी दर्शनका लागि स्याङजा, पोखरा, बुटवल लगायतका स्थानबाट भक्तजनहरु आउने गर्दछन् । मन्दिरमा हरेक वर्ष कार्तिक शुक्लपुर्णिमाका दिन पुजाआजा सहित बलि दिने प्रचलन छ ।

यसैबिच बहुउद्देश्यीय खेलमैदान निर्माण सहयोगार्थ माझकोट खेलकुद विकास समितिको आयोजनामा खुल्ला वडास्तरिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । मंसिर ९ गतेदेखी १२ गतेसम्म शिवजी मन्दिर कै प्राङगणमा उक्त प्रतियोगिता हुने माझकोट खेलकुद विकास समितिका अध्यक्ष ओम गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद एक लाख, उपविजेताले ६० हजार र सेमिफाइनलिष्ट टिमले नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताबाट बचत रकम बहुउद्देश्यीय खेलमैदान निर्माण गर्न खर्च गरिने आयोजकले जनाएको छ । मेला र भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

Advertisment