बाडखोला प्रगतिनगरमगर समाजमा माघे संक्रान्ति एबं ३२ औं वार्षिकोत्सव सम्पन्न

माघ , स्याङ्जा ।

मगर समुदायको महान चाड माघे संक्रान्तिको अवसरमा बाडखोला प्रगतिनगरमगर समाजको ३२ औं वार्षिकोत्सवको अवसरमा समाज भवन उद्दघाटन तथा बिविध सांस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी ह.ले दुर्गा बहादुर आले, बिशेष अतिथी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी बरिष्ठ निरिक्षक डिएसपी ईन्द्र बहादुर राना, लगायतले आआफ्नो भनाई राख्नुभएको थियो ।

बिविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न कार्यक्रमको समाजका अध्यक्ष सुबेदार भरत कुमार रानामगरको अध्यक्षतामा, सन्चालन सदस्य खुम बहादुर राना मगर   स्वागत मन्तब्य समाजका बरिष्ठ सदस्य लिल बहादुर रानाले  गर्नुभएको थियो

हाल समाजमा १०६ घर परिवार सदस्य रहेको बाडखोला प्रगतिनगर मगर समाज आज भन्दा ३१ बर्ष अगाडी बिभिन्न गाऊंबाट स्याङ्जाको बाडखोला,प्रगतिनगरमा आई बसोबास गरेका मगर समुदायले स्थापना गरेको सो अवसरमा जानकारी दिईएको थियो । कार्यक्रममा समाजका चेलीबेटी, भान्जा, भान्जी, ज्वाईं चेला समेतलाई आमन्त्रण गरि नास्ता, दिवा भोज दिईएको थियो ।

Advertisment