अर्मलाकोट पर्वतीय खुल्ला १२ कि.मी दौड प्रतियोगिता भब्यरुपमा सम्पन्न

फागुन २, पोखरा ।
अर्मलाकोट पर्वतीय खुल्ला १२ कि.मी दौड प्रतियोगिता सम्पन्न भएको छ । दौड प्रतियोगितामा गोरखाका सुरज गुरुङले ४९ मिनेट ४४ सेकेन्डमा पार गरि प्रथम हुन सफल हुनुभएको छ । त्यसैगरि बैतडीका मोहनदेव जोशीले ५४ मिनेट ५१ सेकेन्डमा पार गरि द्दितिय र ओखलढुंगाका प्रिथी राईले ५६ मिनेट २७ सेकेन्डमा पार गरि तृत्तिय हुनुभएको छ भने पर्वतका अनिल खड्काले सान्त्वना प्राप्त गर्नुभएको छ । वहांहरुलाई क्रमश २० हजार, १५ हजार, १० हजार, र ५ हजार नगद, मेडल र प्रमाणपत्र बाट सम्मान गरिएको छ ।

त्यसैगरि सोही दौडमा महिला तर्फ हुमी बुढामगर प्युठानले १ घण्टा ९. ४८ मिनेटमा पार गरि प्रथम, सिन्धुपाल्चोकका नितु तामाङले १ घण्टा १०.१३ मिनेट, कास्की धम्पुसका बिनिता बिकले १ घण्टा २७.१३ मिनेटमा पार गरि तृत्तिय र पिएन क्याम्पसमा अध्यनरत स्याङ्जा ओरष्टेका समिक्षा पोखरेलले १ घण्टा २७ मिनेट ५६ सेकेन्डमा पार गरि सान्त्वना प्राप्त गरेका छन ।
बिजेता धावकलाई क्रमश: नगद १० हजार, ८ हजार ५ हजार र ३ हजार नगद, मेडल र प्रमाणपत्र बाट सम्मान गरिएको थियो ।

वडा नम्बर १६ भित्रका धावकहरुको प्रतिष्पर्धामा भने दिपका भरत नेपालीले १ घण्टा ६ मिनेट २७ सेकेन्डमा पार गरि प्रथम, बाटुलेचौरका बिक्रम खड्काले १ घण्टा ६ मिनेटमा पार गरि द्दित्तिय र जुम्लेटीका दिपेन्द्र कार्कीले १ घण्टा ८ मिनेट ४४ सेकेन्रडमा पार गरि तृत्तिय र दिपका निर्मल कार्कीले १ घण्टा १२ मिनेट पार गरि सान्त्वना प्राप्त गरेका छन ।

बिजेताहरुलाई क्रमश: ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद, मेडल र प्रमाणपत्र बाट सम्मान गरिएको थियो ।

यस ऐतिहासिक दौड प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नुहुने सबैमा अर्मलाकोट पर्वतिय दौड प्रतियोगिता मुल समितीका संयोजक जुम प्रसाद गुरुङले अर्मला समाज युके लगायत ब्यक्ति, संघ, संस्था, आमा समुह, युवा क्लब स्थानिय सबैमा आभार प्रकट गर्नुभएको छ । ८२ जना धावकले भाग लिएको प्रतियोगिताको यस अघि पोखराको केआईसिंपुलमा दौडको गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङले र युकेका ब्यवसायी समाजसेवी शेर बहादुर (शेरा) ले शुभारम्भ गर्नुभएको थियो ।

Advertisment