पोखरा । कास्की प्रहरीले जुवातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ ।
मिति २०८०।११।१९ गते अन्दाजी २०:५५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०८सभागृहचोक स्थित वर्कसपमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको कास्की प्रहरीको प्रेस नोटमा उल्लेख गरिएको छ ।
यसरी पक्राउपर्नेहरुमा पोखरा ८ सभागृहचोक स्थित रहेको बेथ वर्कसप (मोटरसाईकल ग्यारेज)मा जुवातास खेलिरहेको अवस्थामा ३ बुक तास र नगद .१,३९,४५०।– (अक्षेरुपी एक लाख उन्नचालिस हजार चार सय पचास रुपैंया) सहित नियन्त्रणमा लिई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको उल्लेख गरिएको छ ।
पक्राउपर्नेमा जिल्ला बारा स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.८ न्यूरोड बस्ने बर्ष ४१ को रमेश शाह, भारत बिहार घर भई हाल पोखरा ९ नयाँबजार बस्ने बर्ष ३५ को उपेन्द्र चौधरी, भारत बिहार घर भई हाल पोखरा ६ जरेबर बस्ने बर्ष २५ को मुकेश शाह, भारत बिहार घर भई हाल जिल्ला पोखरा ८ न्यूरोड बस्ने बर्ष ३४ को राकेश शर्मा, जिल्ला सप्तरी स्थायी घर भई हाल पोखरा म.न.२ बगर बस्ने बर्ष २६ को सुजित चौधरी र जिल्ला मोरङ स्थायी घर भई हाल पोखरा १४ चाउथे बस्ने बर्ष ४३ को गोपाल बस्नेत रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।
कास्कीमा एसपी मोहन थापा प्रहरी प्रमुख भई आउनुभएपछि जुवातास खेल्नेलाई खोजी खोजी कारवाही चलाईरहेको छ ।