पोखराको सशस्त्र प्रहरीको फ्युल तथा चार्जिङ स्टेसन चौविसै घण्टा खुल्ला

पोखरा । पोखरा मालेपाटनमा रहेको सशस्त्र प्रहरी बलद्वारा संचालित “कालिका फ्युल तथा चार्जिङ स्टेसन” मिति २०८० चैत्र ०७ गते देखि चौविसै घण्टा संचालनमा ल्याएको छ । २४ सै घण्टा खोल्ने निर्णयले भर्खरै पर्यटन राजधानी घोषणा भएको पोखरा लगायत आसपासका सेवाग्राहीहरुलाई थप सुविधा उपलब्ध गराउनुका साथै रात्रिकालीन व्यवसायलाई समेत थप टेवा पुर्याउने सशस्त्र प्रहरी बलले विश्वास लिएको छ ।

सशस्त्र प्रहरी बलको कल्याणकारी सेवा केन्द्र हलचोक काठमाडौद्वारा संचालित फ्युल स्टेसनको शान्ति सुरक्षाको जिम्मा कालिका गणको रहेको र अन्य फ्युल स्टेसनका तुलनामा प्रति लिटर फ्युलमा पच्चीस पैसा कम मुल्य रहेको जानकारी समेत सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले जानकारी दिनुभएको छ।

Advertisment