कांग्रेस उपसभापति धनराज गुरुङ सहितका सांसदहरूले सबै कालखण्डका भ्रष्टाचार छानबिन माग

काठमाडौं,२७ चैत । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सहितका सांसदहरूले सबै कालखण्डका भ्रष्टाचार छानबिन माग गरिएको छ ।
वहांहरुले आज सार्वजनिक महत्वको बिषय बनाउंदै जाँचबुझ आयोगको माग गर्दै प्रतिनिधि सभामा प्रस्ताव दर्ता गरिएको छ ।

नेपाली कांग्रेसका उपसभापति समेत रहनुभएका सांसद धनराज गुरुङको प्रस्ताव र सांसदहरू बद्री पाण्डे र जीवन परियारको समर्थनमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको हो ।

चैत २३ गते संसदमा दर्ता भएको प्रस्तावमा वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्मका जनप्रतिनिधि,सरकारी र सार्वजनिक संस्थामा काम गरेका कर्मचारी, राजनिति नियुक्ति पाएका अधिकारीहरूको समेत सम्पत्ति छानबिनको माग गरिएको कांग्रेस सहमहामन्त्री एबं सांसद जीवन परियारले युनाईटेड खबर डट कम लाई जानकारी दिनुभएको छ ।

विस्तृत जानकारी संसदमा दर्ता गरिएको प्रस्ताबको कपीमा उल्लेख गरिएको छ ।

Advertisment