संस्कृत युवा मञ्च नेपालको भित्ते-पात्रो विमोचन

पोखरा,चैत २८ ।

संस्कृत युवा मञ्च नेपालद्वारा प्रकाशित वि.सं २०८१ सालको भित्ते-पात्रो बिमोचन , शुभकामना आदान-प्रदान तथा सोमबारे औंशी बिशेष सेतीगण्डकी दिव्य माहाआरती एक कार्यक्रमका बिच सम्पन्न भएको छ । पोखरा ९ शान्तिघाटस्थित आरती स्थलमा भएको उक्त कार्यक्रमा पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
प्रमुख अतिथिको मन्तव्य राख्दै मरासिनीले संकृत युवा मञ्चले सामाजिक काममा लागेर गरेको सहयोगको प्रशंसा गर्दै यो पञ्चाङ्ग सहितको भित्ते -पात्रो प्रकाशन गरेकोमा खुसी व्यक्त गर्नुभयो । साथै उहाँले सोमबारे औंसी जस्तो पवित्र दिन पारेर सेतीगणडकी दिब्य महाआरती गरेकोमा आफूलाई गर्व लागेको कुरा बताउनुभयो । अझै राम्रो कामहरूको अपेक्षा राख्दै यस्ता सामाजिक तथा धार्मिक कार्यहरुमा आफूले सक्दो सहयोग तथा साथ दिने भन्दै संस्थाको उज्वल भविष्यको कामना समेत गर्नुभयो ।

संस्थाका अध्यक्ष विस्वराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव डिल्लीराम पौडेल (दिवाकर) ले कार्यक्रम संचालन तथा संस्थाका उपाध्यक्ष महेन्द्र पौडेलले स्वागत मन्तव्य रख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा विन्दुवासीनि संस्कृत विद्यापीठ पोखराका सह-प्रध्यापक डा. भोलानारायण रेग्मी ,पोखरा महानगरपालिका वडा नं ९ का वडा सदस्य नन्द गिरी तथा लक्ष्मी पहारी,बिश्व हिन्दु माहासंघ नेपालका सह- अध्यक्ष शंकर खराल, भित्तेपात्रो प्रकासन उप समिति संयोजक लक्ष्मण पौडेल , निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक रामकृष्ण अर्याल लगायतले आ-आफ्नो मन्तव्य राख्दै शुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा युवा पण्डित गुरुहरु क्रमस: शुभेच्छित चापागाईं अरविन्द , विकाश पौडेल , सहदेव न्यौपाने, आनन्द गौतम र निश्चल उपाध्यायले महाआरति गर्नुभएको संस्थाका कोषाध्यक्ष भवानी शंकर शर्माले जानकारी दिनुभयो।

Advertisment