“गुरुङ समाज जापान” को प्रथम अधिवेशन मे १२ मा हुदै

पोखरा, २८ चैत्त

गुरुङ समाज जापानको प्रथम अधिवेशन यहि मे १२ तरिखमा हुने भएको छ ।

टोकियोको मितो दे गोतान्दामा हुने प्रथम अधिवेशन सम्पन्न गर्नका लागि आयोजित एक भेलाले युवराज गुरुङ को संयोजकत्वमा तदर्थ समिति बनाउदै विभिन्न उपसमिति गठन गरेको छ । भेलाले विधान मस्यौदा समिति, प्रचार प्रसार समिति लगायत बनाएको प्रचारप्रसार विभाग संयोजक प्रकाश कोके गुरुङले जानकारी दिए ।

समाजको संख्या थप्न मात्र नभई निकट भविष्यमा आफ्नो लक्ष्य र उदेश्यलाई आत्मासाथ गर्दै गुरूङ समुदायको प्ये ताँ ल्हु ताँ, भाषा, भेषभूषाको संरक्षण र संवद्र्धनमा जोड दिने संयोजक गुरूङले बताए । उनले प्ये म्हस्यां छ्या म्हमु,छ्या म्हस्यां ल्हु म्हमु,ल्हु म्हस्यां म्ही म्हमुं” भन्ने कथनलाई प्रमुख नारा बनाएर स्थापना हुन लागेको संस्थाको प्रथम अधिवेशनलाई सव्यभव्य रुपमा सम्पन्न गरि ऐतिहासिक बनाउन जापानवासी तमुहरुलाई आह्वान समेत गरेका छन् । भाषा, कला, संस्कार संस्कृति, भेषभुषाको संरक्षण गर्दै भावि नयां पुस्तालाई हस्तान्तरण गर्नु अहिलेको युवा पुस्ताको प्रमुख कार्यभार हो भन्ने हेतुले जापानमा रहेका सम्पुर्ण गुरुङहरुलाई एकतावद्ध हुन उनको आग्रह छ । नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका सम्पुर्ण गुरुङ लाई अपनत्व महशुस हुने गरी “गुरूङ समाज जापान “ स्थापना गर्न लागेको तदर्थ समितिका सचिव मोती गुरुङ ले बताए ।

 

Advertisment