एस ई ई क्याम्पको निशुल्क “क्रिकेट क्याम्प’ पांचौं संस्करण शुरू

काठमाडौं,चैत २८ ।
नेक्सस क्रिकेट एकेडेमी पेप्सीकोला काठमाडौंमा बुधबार बाट २०८० मा एस ई ई दिने बिधार्थीहरू को २० दिने निशुल्क क्रिकेट क्याम्प शुरू भएकोछ । नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहको प्रमुख आतिथ्यतामा कागेश्वरी मनोहरा एस ईई क्याम्प को उद्घाटन समारोह सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बराल बिशिस्ट अतिथि रहनु भएको उद्घाटन समारोहमा बंगलादेश क्रिकेट बोर्ड पर्चेच बिभाग पुर्ब प्रमुख आरिफ अस्लम, कर्णाली क्रिकेट संघका उपाध्यक्ष खडक जंग शाही लगायतका अतिथि हरूको उपस्थितिमा सम्पन्न समारोह नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले अध्यक्षता गर्नु भएको थियो ।
एसईई क्याम्प ग्रास रूट क्रिकेट बिकास का लागि महत्त्वपूर्ण अभियान भएको बताउदै कार्यक्रमका प्रमुख अतिथि रोशन सिंह ले नेक्ससले नेपाली क्रिकेट लाई अब्बल खेलाडी हरू प्रदान गरेर नेपालको क्रिकेट लाई हालको अबस्थामा पुर्याउन ठुलो योगदान गरेकोमा प्रसंसा गर्नु भयो । आगामी दिनमा पनि नेपाली क्रिकेट बिकासमा नेक्सस क्रिकेट एकेडेमीको महत्त्वपूर्ण भुमिका हुने समेत सिंह ले बताउनु भयो ।
उक्त क्याम्प को उद्घाटन समारोहमा नेपाली कांग्रेस का केन्द्रीय सदस्य गुरु बरालले नेपालको क्रिकेट लाई बलियो बनाउन स्कुल क्रिकेट लाई प्राथमिकता दिनु पर्ने कुरामा जोड दिदै सरकारलले क्रिकेट बिकासमा प्रसस्त बजेटको ब्यबस्था गर्नुपर्ने बताउनु भयो ।
क्याम्पमा पहाडी जिल्ला डोल्पा, हुम्ला, अछाम देखि ईलाम सहितमा ७७ बटै जिल्लाका २०० जना खेलाडी सहभागी भएका छन । कार्यक्रम का सभापति भरत कुमार शाहीले नेक्सस क्रिकेट एकेडेमी स्थापना काल देखि नै ग्रासरूट क्रिकेट बिकासका लागि अहोरात्र लागेको र निरन्तर नेपाली क्रिकेट बिकासमा समर्पण रहने बताउदै समारोहको समापन गर्नु भएको थियो ।

Advertisment