गण्डकी प्रदेश सरकार गठन बारे परेको रिट खारेज

पोखरा ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गैरसंवैधानिक ढंगले मुख्यमन्त्रीमा खगराज अधिकारीलाई नियुक्ति दावी गरिएको रिट खारेज भएको छ ।

  • अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको विवादबारे सर्वोच्च अदालतमा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिएको रिट/ निवेदन  खारेज गर्ने सर्वोच्चले फैसला गरेको छ ।
  • यसले अधिकारी नेतृत्वको बर्तमान गण्डकी प्रदेश सरकारले निरन्तरता पाउने भएको छ । तर अधिकारीले संवैधानिक ब्यवस्था अनुसार नियुक्ति भएको एक महिना भित्र बिश्वासको मत लिनुपर्ने छ ।
  • गण्डकीमा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, माओबादी केन्द्रको ८, राष्ट्रिय प्रजातन्त्र पार्टीको २ र स्वतन्त्र १ गरि ६० सांसद रहेको संसदमा १ सभामुख लाई मताधिकार नरहने संवैधानिक ब्यवस्था रहेको छ ।
Advertisment