पोखरा । जलारी दिदीबहिनी समुह पोखरा ६ को आयोजना तथा स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको प्रशिक्षक सहयोगमा भएको उद्घोषण, नेतृत्व विकास तथा माइन्युट लेखन सम्बन्धि तालिम सोमबार सम्पन्न भएको छ ।
शनिबार देखि संचालन भएको तालिमको समापन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ६ की वडा सदस्य शोभा जलारीले जलारी समुदायका महिला पछि पर्नुको मुख्य कारण नै नेतृत्वमा आउन नसक्नु रहेको बताउनुहुंदै नेतृत्वमा आउन उद्घोषण कला र नेतृत्व विकास तालिम अपरिहार्य रहेको प्रष्टयाउनुभयो । पत्रकार कृष्ण रानाभाटले आफुहरुले लक्षित वर्गका समुदायमा निशुल्क रुपमा प्रशिक्षकहरु उपलब्ध गराउन तयार रहेको बताउनुभयो ।
कार्यक्रममा हर्पन फेवा मत्स्य सहकारी संस्थाका सल्लाहकार रामचन्द्र जलारी, फेवा आमा समुह अध्यक्ष सीता जलारी, राधा ढकाल, कृष्ण क्षेत्री, पितम सेन, प्रशिक्षार्थीहरु क्रिष्टिना जलारी, खुशी जलारी, कुमारी आले जलारी, कुमारी मगर जलारी लगायतले आफ्ना अनुभव सुनाउनुभएको थियो ।
तालिममा पोखरा ६ बैदाम र पोखरा १८ खपौदीका ३० जना महिला दिदीबहिनीहरु सहभागी हुनुभएको थियो । स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, सचिव रजनी तामाङ, कोषाध्यक्ष राधा ढकाल, सदस्यहरु गणेश वज्र लामा र अल्चना श्रेष्ठ, पत्रकार तथा पर्यटन व्यवसायी कृष्ण क्षेत्री, वेभपेज नेपालका पितम सेन, स्वतन्त्र पत्रकार डिल्लीराम कार्कीले प्रशिक्षण दिनुभएको थियो ।
समुहका अध्यक्ष मिना जलारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष संचिता जलारी र संचालन दिपा जलारीले गर्नुभएको थियो ।
जलारी दिदीबहिनीको ३ दिने उद्घोषण तालिम
May 6, 2024
351
Advertisment




