गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीमा पोखरामा बिविध कार्यक्रम

पोखरा । लोकतान्त्रिक आन्दोलनका नायक युग पुरुष स्व. गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा विविध कार्यक्रम गरेर मनाउने अन्तरगत चिसाखोला बेद विद्यापीठ पोखरा -१८ मा अध्ययन गर्ने बटुकहरूलाई भोजन तथा स्वर्गिय गिरिजाप्रसाद कोईरालाको जिवनी माथि प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

फाउन्डेसनका कास्की जिल्ला संयोजक विजयराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य , फाउन्डेसनका गण्डकी प्रदेश संयोजक शारदा पौडेल, विद्यापीठका संयोजक मोक्षनाथ तिमिल्सिना, फडिन्द्र राज पराजुली लगायतका व्यक्तित्वहरूले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा स्वागत फाउन्डेसनका सदस्य शिवराज बास्तोला तथा  सन्चालन सचिव सुवास सिग्देलले गर्नु भएको समाचार प्राप्त भएको छ ।

Advertisment