पोखरा ।
श्रावण १३ गतेका दिन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा भाडाका सवारी साधन नचलाई बन्द गरेको बिरोध कार्यक्रम चलिरहेको थियो सोहीक्रममा रोकेर राखेको गाडी माथि प्रहार गरि क्षति पुरया्उने एकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ९ पृथ्वीचोक स्थित पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको लु १ प ७ नं को पर्यटक बसलाई रोकी चालकलाई अपशव्द प्रयोग गरी गालिगलौज गरेको तथा उक्त सवारी साधनको सिसा समेत फुटाई फरार रहेका व्यक्ति जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध नपा वडा नं ६ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ५ मालेपाटन बस्ने वर्ष ४६ को धन बहादुर लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
जिप्रका कास्कीबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दै जाँदा मिति २०८१।०४।१५ गते जिल्ला कास्की पोखरा(१६ दिपबाट पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर ९अभद्र व्यवहार, सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।