तमु धिंमा एक महिने छ्याँडु नृत्य प्रशिक्षण सुरु

पोखरा । तमु समुदायको संस्कारसँग सम्बन्धित मौलिक लोपोन्मुख साँस्कृतिक नृत्य छ्याँडुको एक महिने प्रशिक्षण आज भदौ ३ गतेबाट पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा शुरु हुदैछ ।
युवा पुस्तामा सँस्कृती हस्तान्तरण गर्ने उद्देश्यले तमु धिं नेपाल केन्द्रिय युवा समितिको आयोजना, गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोग र तमु धिं नेपालको समन्वयमा हुने प्रशिक्षणको गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले उद्घाटन गर्नुहुने युवा समितिका अध्यक्ष रमेश गुरुङले जानकारी दिनुभयो।
छ्याँडुको संरक्षण, बिकाश र युवा पुस्तालाई साँस्कृतिक सम्पदा हस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजित निशुल्क प्रशिक्षण ब्यवस्थित गर्न युवा समिती सचिव राम प्रसाद गुरुङ संयोजक, बिराज गुरुङ, बिकाश गुरुङ र अरुण गुरुङ सहसंयोजक रहेको अध्यक्ष रमेश गुरुङले बताउनुभयो।
एक महिने प्रशिक्षणमा सहभागीता लागि ५२ जना तमु युवाहरुले नाम दर्ता गरेको प्रशिक्षण संयोजक रामप्रसाद गुरुङले जानकारी दिनुभयो।
छ्याँडु नृत्यको संरक्षण, बिकाश, पर्यटन प्रवर्द्धनमासघाउ पुर्याउने, युवा पुस्तामा संस्कृति हस्तान्तरण सगै ब्यवसायिकता तर्फ छ्याँडु मार्फत तमु युवालाई अग्रसर गराउने, युवा समितिकै छ्याँडु समूह गठन गर्ने, युवा प्रशिक्षकहरु उत्पादन गर्ने उद्देश्यले आयोजित प्रशिक्षणमा तमु साँस्कृतिक संरक्षण समिती मोहिरियाका गुरुहरुले प्रशिक्षण गराउनुहुने अध्यक्ष गुरुङले जानकारी दिनुभयो।
एक महिने प्रशिक्षण भव्यता साथ सम्पन्न गर्न र युवा समितिको गठन हुने छ्याँडु समितिलाई आवाश्यक बाजा गाजा त्हुदु र छ्योले खरिदका लागि आर्थिक सहयोग गरिदिन युवा समितिकी कोषाध्यक्ष लक्ष्मी गुरुङले अनुरोध गर्नुभएको छ।
प्रशिक्षणका लागि आवश्यक त्हुदु र छ्योले तमु समाजहरुवाट सहयोग रहेको सल्लाहकार बिग्नेश भान्जाले बताउनुभयो।
प्रशिक्षण दिनको तीन बजेदेखी पाँच बजेसम्म हुने सहसंयोजक बिराज गुरुङले जानकारी दिनुहुदै तमु युवाहरुलाई सहभिताका निम्ति अनुरोध गर्नुभयो ।

Advertisment