प्रतिनिधिसभाको आइतबारको बैठकले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।
वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो। त्यसमा वैशाख २२ देखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो। छलफलको अन्तिम दिन आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिनुभएको थियो।
आजको बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो। नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए। ती सबै अस्वीकार भएका थिए।