एम्बुलेन्स हस्तान्तरण दुई असल मित्रताको प्रतीक – लेफ्टिनेन्ट कर्णेल बगेल
पोखरा ।भारतीय पेन्सन वितरण कार्यालय पोखराले गण्डकी प्रदेश भित्रकासात वटा स्वास्थ्यसंस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
पोखरामा आयोजित एक समारोह बिच म्याग्देगाउँपालिकास्थित मनपाङ हेल्थपोष्ट, आँबुखैरेनी अस्पताल, गोरखा जिल्ला अस्पताल, गोरखा नगरपालिका वडा नम्बर ६, पर्वतको आर्थर डाँडाखर्कहेल्थ पोष्ट, स्याङजाको गल्याङ नगर अस्पताल र म्याग्दीको बेनी अस्पताललाई कार्यालय प्रमुख एवं लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई चाबी हस्तान्तरण गर्नुभएको थियो ।
पेन्सन वितरण कार्यालय पोखरामा आयोजित एम्बुलेन्स हस्तान्तरणपछि बोल्नुहुंदै कार्यालय प्रमुख बगेलले दुई देशबिचको मित्रताको प्रतीक स्वरुप एम्बुलेन्सहस्तान्तरण गरिएको बताउनुभयो । ‘’ वहांको भनाई थियो, ‘एम्बुलेन्स हस्तान्तरण दुई देशबिचकोअसल मित्रताको प्रतीक पनि हो ।‘
एम्बुलेन्स जनसङ्ख्या र भारतीय सेनामा काम गरेकाहरूको सङ्ख्याका आधारमा दिइएको बताउनुहुंदै बगेलले ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न भारतीय राजदूतावासले लामो समयदेखी नेपालका सरकारी तथा गैरनाफामुलक संस्थाहरूलाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कुल बस उपहार स्वरूप प्रदान गर्दै आएको प्रष्ट पार्नुभयो ।
स्वास्थ्य सेवा त्यसमा पनि विशेष गरी आपतकालीनस्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउन भारतसरकारले निरन्तर सहयोग गर्दै आएको प्रमुख बगेलले बताउनुभएको पेन्सन वितरण कार्यालय पोखराका जनसम्पर्क अधिकारी भरतभूषण पाण्डेले जानकारी दिनुभएको छ ।