पोखरा । नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समितिद्वारा आयोजित तीजको दर खाने कार्यक्रम सोमबार सम्पन्न भएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य सरस्वती अर्याल तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला,क्षेत्रीय, पालिका तथा वडा स्तरीय नेतासहित पालिका भित्रका स्थानीय महिलाहरूको उल्लेख्य उपस्थिती रहेको थियो । 
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व मन्त्रीसमेत रहेकी तिवारीले शुभकामना व्यक्त गर्दै भनिन्, ”तीज पर्व महिलाहरूको मात्र पर्व होइन, सामाजिक ऐक्यबद्धता र सांस्कृतिक सम्पदाको प्रतीक हो । यस्ता कार्यक्रमहरूले आपसी एकता र स्नेह अझ प्रगाढ बनाउँछन् ।” सांसद तिवारीले नेपालको मौलिक संस्कृति तीज जस्रता चाडवाडहरु का साथै महिलाको संरक्षण कांग्रेसले मात्र गर्ने दाबी समेत गरेकी थिईन ।
नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिकाका सभापति मनपति भण्डारीले महिलाको हकहित र नेतृत्व भूमिकामा नेपाली कांग्रेस निरन्तर अग्रसर रहेको उल्लेख गर्दै, “नेपाली काँग्रेसले महिलाको सशक्तीकरणलाई प्राथमिकतामा राख्दै आएको छ, आगामी दिनमा यसलाई अझ प्रगाढ बनाउन विशेष कार्यक्रम ल्याइनेछ।
गाउँपालिकाका सचिव बिजय गुरुङले सञ्चालन गरेको कार्यक्रममा पालिकाका उप–सभापति एवं कार्यक्रम संयोजक गौंमाया नेपालीले स्वागत मन्तब्य र अर्का उप–सभापति सुशिल भट्टचनले धन्यवाद ब्यक्त गरेका थिए । त्यसेगर् तरुण दलका अध्यक्ष दिल जि.सीले पनि शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा उपस्थित महिलाहरूले तीज गीत गाएर, नृत्य प्रस्तुत गरेर तथा दर खान सामूहिक रूपमा रमाइलो गर्दै पर्वको उल्लास साटासाट गरेको कुरा कांग्रेस प्रचार बिभागका केन्द्रिय सदस्य राज बहादुर गुरुङले जानकारी दिएका छन ।



