अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । महासचिव शंकर पोखरेलले पहिलो दिनको कार्यसूचि, आचारसंहिता पेश गर्नुभएको छ । आज कार्यक्रममा त्यस पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलद्वारा सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।
त्यसैगरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ । सबै प्रतिवेदन प्रस्तुसँगै अन्तिममा स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत पेश गर्ने कार्यसूची छ ।




