पोखरा, नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ आंफ्नो नेतृत्वमा रहेको मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । जस अनुसार नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसैगरी पुर्ब अर्थ सचिब रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ भने काठमाडौँका मेयर बालेन साहका पुर्ब कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले जानकारी दिएको छ । शपथ ग्रहण भोलि सोमबार हुने जनाइएको छ।
गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले देशभरी गरेको प्रदर्शन पछि तत्कालिन प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । ओलीको राजीनामापछि पूर्वप्रधानन्यायाधीश कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
कार्कीको मन्त्रिपरिषदमा डा. अमरेश कुमार श्रोष्ठ, रास्वपा त्याग्नुभएका सुमना श्रेष्ठ, धरानका मेचर हर्क साम्पांग, किरण अधिकारी, लेखनाथ पाण्डे, प्रेम संजेल, गोपीनाथ मैनाली, प्रेमसिंह बस्नेत र भगवान कोइरालालाई पनि बिभिन्न मन्त्रालयको जिम्मेवारी प्रदान गरिने चर्चा चलेको भएपनि हालसम्म घिसिंग, खनाल र अर्यालको टुंगो लागेको र अन्यका सम्बधमा छलफल भैरहेको बताइएको छ।




