पोखरा महानगरपालिका -२६ विजयपुर पानीटंकी स्थित घरमा छोरा मुरारी शर्मा र परिवारसंगै बस्दै आउनुभएकी देवका पौडेलका दुई छोरा र दुई छोरीहरु हुनुहुन्छ । अर्का छोरा डिल्लीराम पौडेल काठमाडौँमा बस्दै आउनुभएपनि मुरारी शर्मा भने पोखरामै रहेर राजनीतिक एवं सामाजिक गतिविधिमा सक्रिय हुनुहुन्छ ।
शर्मा लामो समयदेखि नेपाली काँग्रेस सम्बद्ध नेपाल ट्रेड युनियन कांग्रेसको राजनीतिमा क्रियाशील हुनुका साथै नेपाल यातायात मजदुर संघ कास्की र नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको पुर्ब अध्यक्ष र हाल उनि लेखनाथ खानेपानी उपभोक्ता संस्थाको अध्यक्ष हुनुहुन्छ । अर्का छोरा डिल्लीराम पौडेल काठमाडौँमा बस्नुहुन्छ ।
स्व. देवकाका दुई छोरीहरु पार्वती र शारदा दुवै जना आफ्नो परिवारसंग पोखरा महानगरपालिका -११ काहुँमा रहेको नाति शरण पौडेलले गुरुकुल खबरलाई जानकारी दिए। बिहिबार बिहान घरबाट शबयात्रा शुरु गरि पोखराको रामघाटमा स्व. देबकाको अन्त्येष्टि गरिने बुझिएको छ ।
यसैबीच नेपाल यातायात मजदुर संघ कास्कीका पूर्व अध्यक्ष एबम नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका पुर्ब सदस्य जितबहादुर गुरुंगले ट्रेड युनियन गण्डकी प्रदेशका अध्यक्ष शर्माकी आमाको निधनले ट्रेड युनियनकर्मीहरुले एक अभिभावक गुमाएको भन्दै दुख प्रकट गर्नुभएको छ ।




