पोखरा । जेन जेट आन्दोलनको जगमा गठन भएको सरकारका प्रधानमन्त्री सुशीला कार्कीले भारतको अन्तर्राष्ट्रिय मामिला हेर्ने गुप्तचर संस्था ‘रअ’ का प्रमुख पराग जैनसंग राम्रो सम्बन्ध बनाउन चाहेको खोजिएको सुचना प्राप्त भएको छ ।
नेपालका नवनियुक्त राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का प्रमुख टेकेन्द्र कार्कीको नेतृत्वमा ३ सदस्यीय टोली दिल्ली तर्फ पठाउन लागेको हो । असोज २८ गते मङ्गलबार ३ सदस्यीय टोली ३ दिन भारत रहने भएको छ ।
टोलीमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का नवनियुक्त प्रमुख कार्कीसहितको टोलीमा कन्ट्रोल हेर्ने डिआईजी कृष्ण खनाल र भक्तपुरका एसपी टेकराज तिमिल्सिना पनि रहनुहुने निश्चित भएको छ । निवर्तमान प्रमुख हुतराज थापाको पालामा पनि एसपी तिमिल्सिना संगै जापान जानुभएको थियो ।
स्रोतका अनुसार “र” ले नयाँ प्रमुखसँग चिनारी भेट गर्नेछ । नयाँ प्रमुखसँग राम्रो सम्बन्ध बनाएर “र” ले दुई देशवीच सूचना आदानप्रदानमा सहज वातावरण निर्माण गर्न खोजेको स्रोतको दाबी छ । प्रधानमन्त्रीमा पदासिन भएको कार्कीको महिना दिन पुग्न लाग्दा समेत अन्तर्राष्ट्रिय सम्बन्धहकु खासै राम्रो हुन नसकिरहेको बेला गुप्तचर प्रमुखलाई दिल्ली पठाईनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।




