दक्षिण कोरियामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन, अध्यक्षमा थापा निर्वाचित

कोरिया । नेपालबाट दक्षिण कोरिया गई बिभिन्न पेशामा आबद्द रही लोक दोहोरी तथा नेपाली कला संस्कृतिमा कृयाशिल महानुभावहरु रहनुभएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ ।

प्रतिष्ठानको अध्यक्षमा मिलन थापा निर्वाचित हुनुभएको छ । त्यसैगरि कार्यसमितिको प्रथम उपाध्यक्षमा ललित गिरी, द्धितीय उपाध्यक्षमा सरोज गुरुङ,महिला उपाध्यक्षमा बिपना अधिकारी, सचिबमा विशाल थापा,कोषाध्यक्षमा रबित मगर, सह-सचिवमा बिमल अधिकारी र सह-कोषाध्यक्षमा मानकाजी शाक्य निर्वाचित हुनुभएको छ । भने सदस्यहरुमा बिकास नेपाली, देवेन्द्र पून, छबी गुरुङ,यानु पुन, अनु अधिकारी,दिनेश पाण्डे रहनुभएको छ ।

त्यसैगरि कमल रेग्मी, कुल बहादुर परियार, अमृत चापागाई,अनिता बिश्वकर्मा,गिता चनारा, सजिना थापा र
शोभा थापालाई अधिवेशनले निर्वाचित गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

Advertisment