पोखरा । । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् कास्कीले ‘त’ ल्होसारको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
परिषदले तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् कास्की र नेपाल तमू (गुरुङ) विधार्थी छोंज धी कास्कीले संयुक्त रुपमा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश सदस्य सांसद सरस्वती गुरुङले लोकतन्त्रले नै सबै जातजातिको हकहित र सवलिकरण हुने हुंदै तमुहरु पनि यसको भरपुर प्रयोग गर्न कृयाशिल हुनुपर्नेवबताउनुभयो । सांसद गुरुङले जहाँ रहेको भएपनि हामी एकतामा रहनु पर्ने र मन एउटै रहेको र उद्देश्य पनि एउटै भएको उल्लेख गर्नुभयो ।
कार्यक्रम सप्र्ही ल्हो (सर्प बर्ग) को बिदाई र “त“ ल्हो (घोडा वर्ग) को स्वागत गरिएको थियो ।

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् कास्कीका अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमू संघ सस्था, गैरतमु संघ संस्थाहरु नेवाः खलः कास्की, तामाङ घेदुङ कास्की, तीन गाउँले थकाली सेवा समाज केन्द्र, आदिवासि जनजाति महासंघ गण्डकी प्रदेश, आदिवासि जनजाति महासंघ विद्यार्थी पृथ्वीनारायण क्याम्पस्, पोखरा उद्योग वाणिज्य संघ र जनप्रतिनिधिहरु उल्लेख्य सहभागी रहेको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष एवं कार्यबाहक अध्यक्ष क्या. जुम काजी गुरुङ, नेवाखल कास्कीका अध्यक्ष अशोक पालिखे, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, आदिवासी जनजाती महासंघ बिधार्थी, पृथ्वीनारायण क्यामपसका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठ, आदिवासी जनजाती महासंघ गण्डकी प्रदेश प्रमुख धर्म गुरुङ, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश प्रमुख जीत बहादुर गुरुङ, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद पुर्व केन्द्रिय कोषाध्यक्ष, सल्लाहकार एवं शैक्षिक व्यक्तित्व शेर बहादुर गुरुङ र तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त बहादुर तामाङले शुभकामना व्यक्त गरेका थिए । कलाकार रामप्रसाद गुरुङले गीत प्रस्तुत गरिएको कार्यक्रममा

यसअघि कार्यक्रममा सहभागिलाई संस्थाका वरिष्ट उपाध्यक्ष सुबेदार ईन्द्र बहादुर गुरुङर्ले स्वागत गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष सीता गुरुङले तमुहरुको एकता, तमु गाउँहरुको पुर्ननामाकरण र जागरणका कार्यक्रम गरिएको बताईन् । यस अवसरमा उनले सबैलाई एकाकार भएर आफ्नो भाषा, संस्कार र संस्कृतिको संरक्षण र प्रवर्धनका लागि लाग्न आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन सचिव आश बहादुर गुरुङले गर्नुभएको थियो ।


