पोखरा । मुद्रण उद्योग संघ कास्कीको १६ औँ साधारणसभा तथा छैठौँ अधिवेशनबाट दिनेशचन्द्र बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । 
पोखरा लेखनाथ स्थित होटल डे ब्रेकमा शनिबार सम्पन्न अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष बास्तोलाले संघको गरिमा र व्यवसायिक प्रतिष्ठा अझ उचो बनाउने प्रतिवद्धता व्यक्त गर्दै निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्ने निर्वाचन मण्डल तथा सम्पूर्ण सदस्यप्रति धन्यवाद व्यक्त गरे ।
नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा रामप्रसाद भुर्तेल, प्रथम उपाध्यक्षमा प्रकाशराज पौडेल, द्वितीय उपाध्यक्षमा पदम श्रेष्ठ, महासचिवमा राजन कुमाल, सचिवमा अनन्त प्रधानाङ्ग, कोषाध्यक्षमा झंकनाथ अधिकारी (नारायण) तथा सह–कोषाध्यक्षमा मनोज बास्तोला चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा कृष्ण रञ्जित, सुमन श्रेष्ठ, नवीन श्रेष्ठ र रोजिना श्रेष्ठ रहेका छन् ।
नेपाल मुद्रण उद्योग महासंघको केन्द्रीय परिपत्र अनुसार यसपटक ३ वर्षे कार्यकाललाई घटाएर २ वर्षमा नै निर्वाचन गरिएको निर्वाचन संयोजक पदमलाल श्रेष्टले जानकारी दिएका छन ।


