कास्की (लुम्ले) । नेपाल रेडक्रस सोसाइटी अन्नपूर्ण ६/७ उपशाखा लुम्लेको २८ औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी अन्नपूर्ण गाउँ पालिकाका अध्यक्ष विष्णु बहादुर के.सी.ले रेडक्रस मानवीय संस्था भएकोले अन्नपूर्ण गाउँ पालिका भित्र रहेका सबै रेडक्रस सोसाइटीका उपशाखाहरु संग मिलेर काम गर्न आफु इच्छुक रहेको जनाउनुभयो। 
विशेषगरी बिपदको क्षेत्रमा रेडक्रस सँग गाउँ पालिकाको बिपद व्यवस्थापन कार्यक्रमलाई समन्वय गर्न सके जनताले छिटो राहत पाउन सक्ने हुँदा रेडक्रस र गाउँ पालिका मिलेर काम गर्ने बताउनुभयो। कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँ पालिका वडा नं . ६ का वडाध्यक्ष एकदेब देवकोटा तथा वडा नं. ७ का वडाध्यक्ष तथा अन्नपूर्ण गाउँ पालिका प्रबक्ता भरतमान गुरुङले पनि रेडक्रस उपशाखा ले वडासँग मिलेर बिपदको क्षेत्रमा उत्कृष्ट काम गरेको बताउनुभयो। 
कार्यक्रममा अन्नपूर्ण गाउँ पालिका वार्ड नं ६ का पूर्व वडाध्यक्ष चित्र बहादुर गुरुङ र रेडक्रस सोसाइटी उपशाखा लुम्लेका पूर्व सभापति भक्तिराम देवकोटा लगायतले शुभकामना दिनुभएको थियो । 
निवर्तमान सभापति चुडामणि देवकोटाले स्वागत मन्तब्य दिनुभएको कार्यक्रममा रेडक्रसका सात सिद्धान्त बाचन कार्यसमिति सदस्य अनिता वि.क.ले गर्नु भएको थियो । सचिव दिनेश कुमार जि.सी. ले प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष श्री खुमराज देवकोटाले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरिएको थियो।
अन्नपूर्ण गाउँ पालिकाको आर्थिक सहयोगमा लुम्लेको ढाकेमा निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटी अन्नपूर्ण ६/७ उपशाखा लुम्लेको कार्यालयको समेत प्रमुख अतिथि केसीबाट उद्घाटन गरिएको छ। उपशाखाका सभापति नुमलाल देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपशाखाका सचिव दिनेश कुमार जि.सी.ले गर्नुभएको थियो।

