पोखरा । पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोटमा आयोजित १०औँ संस्करणको अर्मलाकोट पर्वतीय खुल्ला १२ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। श्रीपञ्चमीको पावन अवसर पारेर आयोजित प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका धावक–धाविकाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
पुरुष खुल्ला तर्फ पर्वतका सुवास गुरुङले ५० मिनेट १० सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गर्न सफल भए। त्यसैगरी काठमाडौंका टंक कार्कीले ५० मिनेट २८ सेकेन्डमा दौड पूरा गरी दोस्रो, तनहुँका टोपबहादुर कुमालले ५० मिनेट ४७ सेकेन्डमा तेस्रो तथा सिन्धुपाल्चोकका मिङमार सिङ्गी तामाङले ५२ मिनेट ०९ सेकेन्डमा दौड पूरा गरी सान्त्वना स्थान प्राप्त गरे। विजेताहरूलाई क्रमशः २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
महिला खुल्ला तर्फ ओखलढुंगाकी लाक्पा निमा शेर्पाले १ घण्टा २ मिनेट २४ सेकेन्डमा दौड पूरा गरी प्रथम स्थान हात पारिन्। सिन्धुपाल्चोककी नितु तामाङ दोस्रो, कास्की माछापुच्छ्रे गाउँपालिकाकी एन्जिला जिटी तेस्रो तथा तनहुँकी सपना गुरुङ सान्त्वना स्थानमा रहिन्। उनीहरूलाई पनि पुरुषतर्फकै बराबरको नगद पुरस्कार, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।
पोखरा महानगरपालिका–१६ भित्रका पुरुष धावकहरूको प्रतिस्पर्धामा महेन्द्र घर्ती मगर प्रथम, रविन्द्र घर्ती मगर दोस्रो, राजित बी।के। तेस्रो तथा विशाल बी।के। सान्त्वना स्थानमा रहे। महिला तर्फ सोही वडाभित्र सादगी शर्मा प्रथम, आइतिमाया घले दोस्रो, किर्ती गौतम तेस्रो र हेमादेवी छन्त्याल सान्त्वना स्थानमा रहिन्। वडास्तरीय विजेताहरूलाई क्रमशः ८ हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
विजयी धावकहरूलाई प्रतियोगिताका प्रमुख अतिथि गुमानसिंह गुरुङ, जित बहादुर गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषदका पुर्ब सदस्य सचिब तेज बहादुर गुरुङ, भुतपुर्व खेलाडी मन्चका अध्यक्ष दिल बहादुर गुरुङ, सितोरियो करांते संघका केन्द्रिय उपाध्यक्ष राम बहादुर गुरुङ, अग्रज पत्रकार गंगाधर पराजुली तथा मूल आयोजक समितिका संयोजक जुमप्रसाद गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखराको केआई सिंहपुलबाट बिहान ७ बजे सुरु भएको दौड दीप बाटुलेचौर, महेन्द्रगुफा, घार्मीखोला, डी गाउँ, टाँडा बिसाउने, पात्ले हुँदै अर्मलाकोटमा पुगेर सम्पन्न भएको थियो। प्राकृतिक सौन्दर्य, उकालो–ओरालो र ग्रामीण बस्ती हुँदै जाने रुटले प्रतियोगितालाई थप चुनौतीपूर्ण र रोमाञ्चक बनाएको सहभागीहरूले बताएका छन्।
प्रतियोगिता सम्पन्न गर्न जुम गुरुङको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको थियो। अर्मलाकोटका पुराना बासिन्दा हाल बेलायतमा बसोबास गरिरहेका महानुभावहरूको आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो। आर्थिक संयोजकको भूमिकामा किरण गुरुङ र समन्वयकर्ताका रूपमा जितबहादुर गुरुङ रहेका थिए।
यस अवसरमा स्वयंसेवक, पुरस्कार, भोजन, रुट, यातायात, प्रचार–प्रसार, स्वास्थ्य, अतिथि सत्कार लगायत विभिन्न उपसमितिहरू सक्रिय रूपमा परिचालन गरिएका थिए। अतिथि सत्कारको जिम्मेवारी अर्मलाकोट होमस्टे समिति र अर्मला आमा समूहले लिएका थिए।
श्रीपञ्चमीको दिन आयोजना गरिएको कार्यक्रममा स्थानीय सिद्ध बराह ९म्हउदु बराह०को भव्य पूजा समेत सम्पन्न गरिएको थियो। पर्वतीय दौडसँगै गाउँस्तरीय भलिबल प्रतियोगिता र छेलो प्रतियोगिता पनि सञ्चालन गरिएका थिए।
गाउँ स्तरीय भलिबल प्रतियोगितामा शिव शक्ति युवा क्लब मौजाले अर्मला युवा क्लबलाई सोझो सेटमा पराजित गर्दै विजयी भएको छ। यसै अवसरमा आयोजित प्रतियोगितामा
गाउँ स्तरीय भलिबल प्रतियोगितामा शिव शक्ति युवा क्लब मौजाले अर्मला युवा क्लबलाई सोझो सेटमा पराजित गर्दै विजयी भएको छ। पेरथम बिजेताले ५० हजार र निकटतम प्रतिष्पर्धीले २५ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
यसै अवसरमा आयोजित प्रतियोगितामा प्रमुख अतिथी अर्मलाकोट गाऊं स्थायी ठेगाना रही हाल बेलायत निवासी सार्जन गुमान सिंह गुरुङ, र बिशेष अतिथी w02 जित बहादुर गुरुङ रहनुभएको थियो । त्यसैगरि छेलो प्रतियोगितामा बाग्लुडंका दिलजुर थापाले प्रथम स्थान हासिल गर्न सफल भएकाछन ।
उनले १८.२०सेन्टिमिटरमा छेलो फाल्न सफल भएको थियो भने द्वितीय स्थान मनोज गुरुङले १७.५० सेन्टिमिटर फाल्न सफल भएको थियो ।
प्रथम हुनेलाई नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र र भाङ्ग्रा–फेटा प्रदान गरिएको थियो।भने द्दितिय हुनेलाई नगद १० हजार रुपैयाँ, प्रमाणपत्र तथा भाङ्ग्रा प्रदान गरिएको थियो ।
दौड प्रतियोगिता समापनमा मूल आयोजक समितिका संयोजक जुमप्रसाद गुरुङले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने अर्मला समाज यूके, विभिन्न संघ–संस्था, आमा समूह, युवा क्लब तथा सम्पूर्ण स्थानीयवासीप्रति आभार प्रकट गरेका थिए ।



