कास्की आदर्शको दाङसिङको बांकोटमा शैक्षिक सामाग्री वितरण

पोखरा । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदले समाजको कल्याणका लागी फेरि एक पटक महत्वपुर्ण योगदान दिएको छ ।

कास्की जिल्ला अन्नपूर्ण गाउँ पालिका वडा न : ८ अन्तर्गत श्री बाँकोट आधारभुत बिधालयका बिधार्थीहरुका लागी स्कुले झोला वितरण गरेको छ ।

गत मार्च १५ मा सम्पन्न तेस्रो केन्द्रीय समितिको बैठकबाट पारित निर्णय बमोजिम, पूर्वनिर्धारित कार्यक्रमअनुसार वैशाख २ गते, अन्नपूर्ण गाउँपालिका–८ स्थित श्री बाकोट आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री अन्तर्गत झोला वितरण कार्यक्रम सम्पन्न गरिएको जानकारी समाचार प्राप्त भएको छ ।
कार्यक्रममा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष मन बहादुर कुँवर तथा महिला संयोजक पवित्रा उपाध्याय खड्काज को विशेष उपस्थिति रहेको थियो ।

बिविध कार्यक्रम सहित विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई सफल र प्रभावकारी बनाएकोमा भन्दै कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् परिवारबाट धन्यवाद दिएको उपाध्यक्ष मन बहादुर कुँवरले जानकारी दिएकाछन ।

Advertisment