युनाईटेड खबर संवाददाता
पोखरा, साउन १४ । राष्ट्रिय विभूति बडाकाजी (तथा तत्कालीन पश्चिम किल्लाका सर्वोच्च कमाण्डर) अमर सिंह थापाको स्मृति दिवस पोखरामा विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ।
बगाले थापा क्षत्री जिल्ला समिति कास्की र सात सय बगाले थापा समाज पोखराको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। 
कार्यक्रममा नेपाल राष्ट्रको एकीकरण, स्वाभिमान र रक्षाका लागि राष्ट्रिय विभूति बडाकाजी अमर सिंह थापा तथा तत्कालीन मुख्तियार भीमसेन थापाले पुर्याउनुभएको ऐतिहासिक योगदानको विषयमा व्यापक चर्चा तथा स्मरण गरिएको थियो।
बगाले थापा क्षत्री कास्कीका अध्यक्ष मोहन बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रा. डा. बुद्धि बहादुर थापा प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो।
कार्यक्रमका वक्ताहरू डा. दिन बहादुर थापा, क्षत्री समाज नेपालका प्रतिनिधि रिप बहादुर थापालगायतले अमर सिंह थापा र भीमसेन थापाको वीरता, देशभक्ति र समर्पणको बारेमा प्रकाश पार्नुभएको थियो। सो अवसरमा अमर सिंह थापा र भीमसेन थापाका योगदान समेटिएका जनचेतनामूलक तीज गीतसमेत प्रस्तुत गरिएको थियो। 
आयोजकका अनुसार उक्त स्मृति सभा तथा विचार गोष्ठीमा बिभिन्न संघ, संस्थाका गरि करिब २०० जनाको उपस्थिति रहेको थियो।
स्वागत धुर्बराज थापा र सन्चालन बेलुकाजी थापा चित्र बहादुर थापा बक्ताहरु प्रा डा ज्ञान बाहदुर कार्की प्रोफेसर ह्स्त बहादुर थापा मान बहादुर थापाले कार्यपत्र प्रस्तुत गरेका थिए । देश बिकाश राष्ट्रियताका लागी जसरी पुर्खाले सम्र्पर्ण गरे त्यस्तै कर्यमा संलग्न हुने सदभाव भाईचारा र एकता लाई मजवुत गराउने आशाका साथ सबैमा शुभकामना ब्यक्त गरेका थिए ।
पोखरामा बडाकाजी अमर सिंह थापाको स्मृति दिवस भव्य रूपमा सम्पन्न
August 1, 2026
44
Advertisment




