लागूऔषध र मादक पदार्थ सेवन गरी सवारी चलाउने ७ चालक पक्राउ

पोखरा । मादक पदार्थ तथा लागूऔषध सेवन गरेर सवारी साधन चलाउने ७ जना चालकलाई कास्की प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको छ।

पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत पोखरा महानगरपालिका वडा नं. ३० स्थित पावरहाउस चोकमा गरिएको विशेष चेकजाँचका क्रममा ६ जनाले लागूऔषध (ला.प.से.) र १ जनाले मादक पदार्थ (मा.प.से.) सेवन गरी सवारी साधन चलाएको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) बिरेन्द्र कुमार पासवानका अनुसार इलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय गगनगौँडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रहरी टोलीले साताको सोमबार दिउँसो १४:२५ बजेको समयमा चेकजाँच गरेको थियो।

नियन्त्रणमा लिइएका चालकहरू:

१. खिम बहादुर खत्री (५३ वर्ष) – तनहुँ, शुक्लागण्डकी न.पा.-११ (बस: ग १ ख ९३९९) – मा.प.से.

२. पवन परियार (३३ वर्ष) – लमजुङ, बेसीशहर न.पा.-२ (बस: ग १ ख ६१७१) – ला.प.से.

३. दिपक बि.क. (३८ वर्ष) – तनहुँ, शुक्लागण्डकी न.पा.-६ (बस: ग १ ख ३२८२) – ला.प.से.

४. अमृत नेपाली (२८ वर्ष) – तनहुँ, म्याग्दे गा.पा.-५ (बस: ग १ ख ५१५३) – ला.प.से.

५. कृष्ण परियार (२३ वर्ष) – तनहुँ, भिमाद न.पा.-५ (बस: ग १ ख ४२१७) – ला.प.से.

६. मनिस गुरुङ (३० वर्ष) – तनहुँ, म्याग्दे गा.पा.-६ (बस: ग १ ख ८५४४) – ला.प.से.

७. बिबेक नेपाली (२३ वर्ष) – तनहुँ, म्याग्दे गा.पा.-३ (बस: ग १ ख ००८३) – ला.प.से.

पक्राउ परेका सबै चालकहरूलाई प्रहरी नियन्त्रणमा राखी आवश्यक अनुसन्धान तथा कानुनी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Advertisment