डा.लक्ष्मी पन्थी “अन्तर्राष्ट्रिय आइकन अवार्ड” बाट सम्मानित

पोखरा ।
एक नेपाली चिकित्सक  एबम बेलायतकि रजिस्ट्रड डाक्टर लक्ष्मी पन्थीको नाम नेपाली समाजमा एक समाजसेबी एब कुसल  चिकित्सकको रुप्मा चिनिएको छ। ABM र Abha Foundation ले हालै आयोजना गरेको एक सम्मान  कार्यक्रममा डा. पन्थीले लामो समय देखि गर्दै आएका सामाजिक र स्वस्थ क्षेत्रका कामको मुल्यांकन गर्दै अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान “अन्तर्राष्ट्रिय आइकन अवार्ड–२०२५” प्रदान गरिएको हो ।

सो सम्मान  कार्यक्रममा नेपालको तर्फबाट नेपालका पूर्व जल आपूर्ति मन्त्री अब्दुल खान, साम्सद छेहरिङ, सन्स्थापक भारतका अन्मोल भागत, आभा फाउन्डेसन, दक्षिण एसिया डाइरेक्टरले विभिन्न देशहरु जस्तै  नेपाल, बङलादेस, चीन, भारत, अफ्रिका, दुबै, क्यामेरोन, लगाएत समजमा भिभिन्न क्षेत्रमा योग्दान पुर्याएका ब्यक्तिहरुलाइ सम्मान गरेका थिए।

नेपाल्को चिकित्सा क्षेत्र एबम समाजिक क्षेत्रमा डा पन्थीको अतुलनीय  योग्दान रहेको छ।
कोभिड माहमारीमा नेपाल्को इतिहासमै पहिले
डाक्टर नै नपुगेको र अस्पताल नै नभएको अत्यन्तै बिकट ठाउँहरु जस्तै म्याग्दी अन्नपूर्ण गाउपालिका, बरेङ गाउपालिका बाग्लुङ, गुल्मी लगायतका ठाउमा जहाँ कोभिड् महामरिको आगो फैलिरह्र्को थियो, जहाँ मानिसहरु घर घर मरिरहेका थिए,  ती ठाउहरुमा एकल डाक्टर आर्मीको रुप्मा उहाँ पुग्नु भयो।  नेपाल सरकार अन्तर्गत  नया कोभिड अस्पताल सुरु गरि  अस्पताल प्रमुखको भुमिका निभाउदै आफ्नो ज्यान जोखिममा राखि हजारौं बिरामिहरुको  २४ सै घन्टा अनबरत  उपचार गर्नुभयो । कोभिड्मा सन्सार्भरी PPE नपाएर बिरामी र स्वस्थकर्मी जोखिम अब्स्थामा हुदा नेपाल अत्यन्तै नाजुक अबस्थामा थियो । सो समयमा  डा पन्थिले कोभिड  PPE अल्टरनेटिव्स (PPE Scarcity In Nepal & It`s Alternatives) भन्ने रिसर्च गर्दै आफु कार्यरत अस्पतालबाट लोकल पिपिइ  सुरु गर्नुभयो जुन तत्काल समस्या समाधानको  राहत बन्यो। आर्थिक हिसाब्ले पनि कम परेकोले बिरामीले सहजै गाउगाउमा उपचार पाए। नेपाल्को इतिहासमा उनिले कोभिड अस्पतालमा बिरामि बेड खाली नभए पनि रिफर गर्नुको सट्टा, खाली रहेको कलेजको कक्षा कोठामा राखेर उपचार गर्दै, घर-घरमा अक्सिजन र औसधि  बोकेर गएर कोभिड बिरामीलाई  खोजी खोजी उपचार गर्नुभयो। फलस्वरुप अस्पतालमा बिरामीको मृत्युदर शुन्य र केही महिनामा  पालिकाभरी कोभिड शुन्य बनाउन सफल हुनुभयो। नेपालमा कोभिड् महमारिमा उहाले सुरु गरेको  “हेल्लो डाक्टर”टेलिमेडिसिन र हेल्लो डाक्टर रेडियो कार्य्क्रम बाट हजारौं  नेपालिहरुले घरमा बसेर  नि:सुल्क स्वस्थ परामर्श पाए।
समाजप्रति निरन्तर समर्पित हुँदै आउनुभएका डा. पन्थी एक कुसल चिकित्सक मात्र नभई सामाजिक अभियन्ताका रूपमा परिचित हुनुहुन्छ । उहाँले महिला, बालबालिका, विपन्न तथा वञ्चित समुदायको हकहितमा निरन्तर काम गर्दै आउनुभएको छ ।  नेपाल्को रुकुम जाजरकोट बिनासकारी भुकम्पमा पनि उहाले सुरु गरेको “भुकम्प राहत अभियान” अन्तर्गत गन्डकी प्रदेश प्रहरी तालिम कार्यलयसंग शह्कार्य गरि  पहिलो, दोश्रो र तेश्रो चरणमा  स्वास्थ र लत्ताकपडा सहित १५०० भुकम्पपीडित  परिवार लावन्वित भए। त्यस्तै आर्थिक अबस्था कम्जोर भै  घरमा मरणात्मक अब्स्थाका कयौ बिरामिलाइ आर्थिक शहयोग अभियान सुरु गरि   अस्पतालमा उपचार गराइ जीवन बचाउन सहयोग गर्नुभयो।  उहाले नि:शुल्क स्वास्थ शिबिर, मनोसामजिक परामर्श, महिला तथा युबा ससक्तीकरण , पिस एक्टिभिस्ट जस्ता कार्यक्रमहरु गर्दै आउनुभएको छ।

डा पन्थिले रामेछाप तामाकोसी अस्पतालमा कार्यरत रहदा अस्पतालमा आउने बिरामी मृत्युदर घटाउन एउटा  सामजिक अभियान You Can Save 5 Lives (तपाइले ५ जनाको जीवन बचाउन सक्नुहुन्छ) भन्ने अभियान नि:शुल्क सुरु गर्नुभएको थियो। रामेछापका जनता धेरै लावान्वित भएपछी सो कार्यक्र्म गण्डकी प्रदेश सरकारले बजेट कार्य्क्रम अन्तर्गत डा. पन्थीकै नेतृत्वमा  सम्पुर्ण जिल्लाभर सुरु गर्यो जुन प्रभाब्कारी बन्यो। हाल्सम्म डाक्टर पन्थिको सो जीवन बचाउ तालिम लगातार चलिरहेको छ,  प्रहरी कार्यलय, बिद्यालय, शिक्षक, कर्मचारी, हाइड्रोपावर, लाइन्स र रोटरी क्लब मार्फत नेपाली जन्समुदायमा पुगेर सकारात्मक परिबर्तन भएको छ।
अन्तर्राष्ट्रिय स्तरमा आफुले गरेको कामको सम्मान पाउँदा डाक्टर पन्थिले नेपाली समाजमा आफुले गरेको योगदानलाई मूल्याङ्कन गर्दै सम्मान प्राप्त  भएकोमा आयोजक संस्थाप्रति आभार ब्यक्त गर्दै यो अवार्ड  समग्र सहयोगि हातहरु र नेपाली समाजको नाममा प्राप्त भएको सम्मान हो, यस्ले थप जिम्मेवार र प्रेरित गर्दछ भन्नुभयो।
उहाँको योगदानलाई उच्च मूल्याङ्कन गर्दै अन्तर्राष्ट्रिय स्तरमा गरिएको सम्मानले नेपाली समाजलाई गर्वको  अनुभूति दिलाएको सहभागीहरूले बताएका छन् । डा लक्ष्मी पन्थी हाल सहारा अस्पताल र लेखनाथ सिटि अस्पतालमा कार्यरत हनुहुन्छ। उहाँ हातेमालो अभियान नेपाल्को सन्स्थापक अध्यक्ष, जीवन बचाउ अभियानको सन्स्थापक, द प्रेम रावत फाउन्डेसनको भोलिन्टिएर पनि हुनुहुन्छ।
डाक्टर पन्थी लाई हाम्रो तर्फबाट पनि हार्दिक बधाइ।

Advertisment