उर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिकोत्सबमा अर्थतन्त्र, पर्यटन र मिडियाको बदलिँदो भूमिकाको बिषयमा सम्बाद गरिएको थियो।
बार्षिकोत्सब कार्यक्रम अन्तर्गत साँझ नेपाली काँग्रेसका नेता एबम पुर्ब परराष्ट्र मन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा अनलाईनको तेश्रो बार्षिकोत्सबको केक काटेर सेलेब्रेसन गरिएको थियो ।
कार्यक्रममा बोल्दै उर्जामन्त्री घिसिङले पर्यटन नै नेपालको भविष्य भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार सक्रिय रहेको बताए। “पर्यटनलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ। नेपाल सम्भावना बोकेको देश हो तर त्यसका लागि समयमै र सही ढंगले पूर्वाधार निर्माण हुनुपर्छ,” उनले भने।

मन्त्री घिसिंगले पोखराको सडक निर्माण सम्पन्न भइसकेको र मुग्लिन सडक पनि निर्माणको चरणमा रहेको जानकारी गराए। साथै, पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा ऐन–कानुन, कर्मचारीतन्त्र र ठेकेदार प्रणालीमा परिमार्जन आवश्यक रहेको उनले औँल्याए।
पोखरा क्षेत्रको पर्यटन बिकासको लागि पोखरा – काठमाडौँ र पोखरा- भैरहवाको कनेक्टीभिटी सहज हुनुपर्नेमा जोड दिंदै पोखरामा गाडीबाट आउनको लागि सडक सुधारोन्मुख अबस्थामा रहेको उल्लेख गरे।
‘पोखरा – मुग्लिंगको सडक करिब सम्पन्न भैसकेको र अब नौबिसे – मुग्लिंगको सडक बनेपछि पोखराको पर्यटन बिकासमा सहयोग पुने निश्चित छ’ उनले भने। ‘पर्यटन क्षेत्रमा धेरै बिबिधता रहेपनि सबैको बिकासको लागि सबै किसिमको पुर्वाधार विकास जरुरी हुन्छ।’
बार्षिकोत्सब कार्यक्रम अन्तर्गत साँझ नेपाली काँग्रेसका नेता एबम पुर्ब परराष्ट्र मन्त्री एनपी साउदले बार्षिकोत्सबको केक काट्नुको साथै अनलाईनको शुभकामना दिएका थिए । उनले नेपालमा लोकतन्त्रको संरक्षणमा संचार माध्यमको महत्वपूर्ण भूमिका रहेको बताउंदै पछिल्लो समय मिडियामा पनि आर्थिक एबम प्रविधिको कारणले चुनौती बढेको उल्लेख गरे ।

कांग्रेस नेता साउदले नेपालको पत्रकारिता क्षेत्रले मुलुकको लोकतन्त्र र लोकतान्त्रिक संबिधानको जगेर्ना गर्ने किसिमका सूचना र समाचार प्रवाह गर्न समेत संचारकर्मीहरुसंग आग्रह गरे।
दुई बिषयमा संचालित सम्बाद कार्यक्रम अन्तर्गत पहिलो बिषय ‘जेनजी आन्दोलनपछिको अर्थतन्त्र र पर्यटन’ रहेको थियो। उक्त सत्रमा टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया तथा पत्रकार दीपक परियारले वक्ताका रूपमा आफ्नो धारणा राखेका थिए। उक्त सत्रको संचालन दिलिप प्रकाश कार्कीले गरेका थिए।

यसैगरी ‘नयाँ मिडियाको छाँयामा पुरानो मिडिया’ विषयमा संचालित अर्को सत्रमा गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ऐरी, नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेल, गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्याल तथा अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराईले डिजिटल युगमा परम्परागत मिडियाको चुनौती, सम्भावना र पत्रकारिताको विश्वसनीयताबारे आआफ्नो भनाई राखेका थिए।

मन्त्री घिसिङले नेपाल मन्च अनलाइनको तेस्रो वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझै विश्वसनीय, तथ्यपरक र जिम्मेवार समाचार प्रकाशनको अपेक्षा व्यक्त गरे।
तेस्रो वार्षिकोत्सव समाराेहकाे अध्यक्षता गरेका उक्त अनलाइनका प्रकाशक खगेन्द्र भण्डारीले राजनीति र अर्थतन्त्रका विषयलाई प्राथमिकतामा राख्दै अर्थ–राजनीतिक डिजिटल पत्रिकाको रूपमा नेपाल मन्चलाई स्थापित गर्ने लक्ष्य लिएको जानकारी दिए।
सूचना–प्रविधिमा आएको तीव्र परिवर्तनसँगै नेपालमा अनलाइन सञ्चारमाध्यमको संख्या बढिरहेको सन्दर्भमा पत्रकारिताको धर्मभित्र रहेर देशको समृद्धि र हितका पक्षमा सशक्त कलम चलाउदै आएकाे भण्डारीले उल्लेख गरे ।


