नेपालका लागि नयाँ चिनियाँ राजदूतका लागी बुझाए एग्रिमो

पोखरा । छिमेकी मुलुक चीनले नेपालका लागि नयाँ राजदूत नियुक्तिका लागि आवश्यक एग्रिमो नेपाल सरकारसमक्ष बुझाएको समाचार प्राप्त भएको छ ।

चीनको परराष्ट्र मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशक चाङ माओमिङलाई मनोनयन गरेको र नेपालस्थित चिनियाँ दूतावासले नयाँ राजदूतको एग्रिमो हिजो परराष्ट्र मन्त्रालयमा पेश गरिएको परराष्ट्र स्रोतले जानकारी दिएको छ । तीन वर्षे कार्यकाल पूरा गरेर पदोन्नतिसहित दुई साताअघि स्वदेश फर्किएका पूर्व राजदूत छन् सोङको स्थानमा चाङ माओमिङलाई नियुक्त गरिएको हो ।

नयाँ नियुक्त हुन लागेका राजदूत चाङ पनि नेपालको राजनीति तथा कूटनीतिक वृत्तमा नौलो नाम होइन । यसअघि विभिन्न समारोहमा चाङको नेपाली राजनीतिक नेतृत्व तथा उच्च अधिकारीहरूसँग पटक–पटक भेटवार्ता भइसकेको छ । उनी नेपालको आन्तरिक तथा वाह्य मामिलाबारे जानकारी राख्ने चिनियाँ कूटनीतिज्ञका रूपमा चिनिन्छन् ।

Advertisment