राज बहादुर गुरुङबाट, पोखरा । अर्मलाकोट पर्वतिय दौड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । १० औं संस्करणको दौड पोखराको केआईसिंहपुल देखि अर्मलाकोट सम्म १२ कि.मि पर्वतिय दौड हुने पर्वतिय दौडका संयोजक जुम प्रसाद गुरुङले जानकारी दिएकाछन । 
माघ ९ गते बिहान ७ बजे पोखराको केआईसिं पुल बाट सुरु भई दिप बाटुलेचौर, महेन्द्रगुफा, घार्मीखोला हुंदै डि गाऊं, टाडा बिसाउने, पात्लेहुंदै अर्मलाकोट पुगेर सम्पन्न गरिने गरि रुट तय गरिएको आयोजकले जानकारी दिएको छ ।
दौड प्रतियोगिता सम्पन्न गर्नका लागी जुम गुरुङको संयोजकत्वमा ५१ सदस्यीय मुल आयोजक समिती रहेको छ ।
त्यसैगरि प्रतियोगिता सम्पन्न गर्नका लागी अर्मलाका पुराना बासिन्दा हाल बेलायतमा रहनुभएका महानुभावहरुले आर्थिक सहयोग गरेकाछन । यसका लागी जित बहादुर गुरुङको समन्वयमा किरण गुरुङले आर्थिक संयोजकको भुमिका निर्वाह गरिएको आयोजकले जानकारी दिएको छ । 
प्रतियोगिता सम्पन्न गर्न बिभिन्न उपसमिती समेत गठन गरिएको छ । त्यसका लागी स्वयंसेवक समिती संयोजकमा गंगा बहादुर गुरुङ, पुरस्कार ब्यवस्थापन संयोजकमा ईश्वर गुरुङ, भोजन ब्यवस्थापन संयोजकमा भिम गुरुङ, रुट (बाटो) ब्यवस्थापन संयोजकमा उदिम गुरुङ रहेकाछन् । 
यातायात ब्यवस्थापन संयोजकमा पुष्प गुरुङ, संघ संस्था समन्वय संयोजकमा बबिन गुरुङ, प्रचार प्रसार संयोजकमा अमृत परियार, मन्च ब्यवस्थापन संयोजकमा सचिन परियार, स्वास्थ्य संयोजकमा सोम परियार, अतिथी सत्कार संयोजकमा सुर्य सुबेदी रहेकाछन । त्यसैगरि अतिथी सत्कारको जिम्मेवारी अर्मलाकोट होमस्टे समिती, र अर्मला आमा समुह र सचिवालय ब्यवस्थापन संयोजकमा ईश्वर गुरुङ रहेका छन । 
दौड प्रतियोगितामा खुल्ला पुरुष तथा महिला गरि दुई श्रेणी गरिएको छ । महिला तर्फ र खुल्ला पुरुषमा प्रथम हुनेलाई २५ हजार नगद, मेडल र प्रमाणपत्र, द्दितिय हुनेलाई २० हजार नगद, मेडल र प्रमाणपत्र त्यसैगरि त्रित्तिय हुनेलाई १५ हजार नगद, मेडल र प्रमाणपत्र र सान्त्वना १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको अर्मलाकोट क्लबले जानकारी दिएको छ । प्रतियोगितामा वडा नम्बर १६ स्तरिय दौड पनि हुनेछ । त्यसका लागी प्रथम, द्दित्तिय र तृतिय र सान्वनालाई रु ८ हजार, ५ हजार, ३ हजार र सान्त्वना १ हजार नगद, प्रमाणपत्र र मेडल दिनेछ । दौडका लागी घार्मीखोला देखी अर्मलाकोट गाउं सम्म बाटो सरसफाई गरिसकेको वडा नमेबर १६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले युनाईटेड खबरलाई जानकारी दिएकाछन ।
स्थानिय सिद्द बराह (म्हउदु बराह) को भब्य पुजा हुने श्रीपन्चमीको दिनमा हुने कार्यक्रममा पर्वतिय दौडका साथै गाउंस्तरिय भलिबल प्रतियोगिता,छेलो प्रतियोगिता समेत हुने र यसका लागी सम्पुर्ण तयारी पुरा भएको पर्वतिय दौडका संयोजक जुम गुरुङले जानकारी दिएकाछन् ।
छेलोमा प्रतियोगिलामा प्रथम हुनेलाई २० हजार राशी प्रदान गरिने भएको छ भने भलिबल तर्फ प्रथम, द्दित्तिय हुनेलाई नगद ५५ हजार र ३५ हजार प्रदान गरिने छ । भलिबलका सेमी फाईनल र फाईनल बांकी शनिबार हुनेछ । file-photo


