धनु गुरुङ,
पोखरा, २७ माघ,
कास्कीको मादी गाउपालिका वडानम्बर ६ तप्राङमा निशुल्क पशु स्वास्थ शिविर सम्पन्न भएको छ।
मादी गाउपालिका पशुपछिं विकास शाखा र पशु स्वास्थ्य तालिम तथा सेवा केन्द्र पोखराको आयोजनामा पशु शिविर सम्पन्न भएको हो । शिविरमा व्यावसायिक रुपमा पालन गरिएका ६ सय ८५ बाख्रा, ७२ वटा गाई गोरु र भैसीको स्वास्थ परिक्षण गर्नुका साथै २८ वटा बोकालाइ खसी पारिएको छ। त्यसैगरी १७ कुकुर र ५ वटा बिरालोमा रेबिजबिरुद्द्को खोप र पशुमा लाग्ने विभिन्न रोगका औसधिहरु बितरण गरिएको पशु स्वास्थ सेवा तथा तालिम केन्द्रका तालिम अधिकृत भरत पोखरेलले बताउनुभयो।
केन्द्रले ग्रामीण भेगमा विभिन्न पशु स्वास्थसम्बन्धी सेवा तथा प्राविधिक तालिमहरु संचालन गर्दै आइरहेको कार्यक्रम अधिकृत डा.बिन्दु ढकालले बताउनुभयो।


