नेकपा एमालेका नेता थापा तत्कालिन पोखरा उपमहानगरपालिकाको प्रमुख एबम गण्डकी प्रदेशका पुर्व सांसद हुन। यस अगाडिको स्थानीय तहको निर्बाचनमा उनि पोखरा महानगरपालिकाको प्रमुख पदमा एमालेबाट चुनाब लडेको भएपनि पराजित बनेका थिए।
यस पटक फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा उनलाई कास्की– २ को उम्मेदवार बनाउन नेकपा एमालेको केन्द्रीय सचिबालयले निर्णय गरेको भएपनि अन्तिममा एमालेले रश्मि आचार्यलाई उम्मेदवार बनाएको थियो ।
निर्बाचनमा एमालेले नराम्रो पराजय भोगेपछि थापाले पार्टी हितको लागि आफु जिल्लाको इन्चार्ज एबम पार्टीको केन्द्रीय सदस्य पद समेत त्याग्न तयार रहेको कुरा सार्बजनिक गरेका थिए । सोमबार मात्र उक्त कुरा सार्बजनिक गरेका थापाको बिहिबार मृत्यु हुन् पुगेको छ ।
आजको एमाले जिल्ला समिती बैठकमा थापाले करिब १० मिनेट जति आफ्ना कुरा कडा ढंगले राखेको स्रोतले बताएको छ ।





