काठमाण्डौं । नेपाल सरकारले मित्र राष्ट्र चीनको छेन्दुमा रहेको महावाणिज्य दूतावास कार्यालय लाई आधिकारिक रूपमा बन्द गर्ने घोषणा गरेको छ ।
शुक्रबार आर्थिक बर्षको बजेट भाषणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो घोषणा गरेका हुन ।
आगामी श्रावण महिनाको १ गतेदेखि बन्द गरिने घोषणा संगै छेन्दुमा रही ब्यापार ब्यवसाय गर्दै आएका नेपाली ब्यवसायीलाई मर्का पर्ने निश्चित छ, भने त्यहांबाट बार्षिक नेपाल घुम्न आउने हजारौं पर्यटकलाई समेत असहज हुने देखिन्छ ।
चीनको सिचुआन प्रान्तको राजधानी छेन्दुको जनसंख्या लगभग २ करोड १५ लाख (२१.५ मिलियन) रहेको छ । यो चीनको चौथो सबैभन्दा बढी जनसंख्या भएको सहर हो ।
सरकारले महावाणिज्य दुतावास बन्द संगै यहांका उधोगी, ब्यपारीहरु बाट कुनै प्रतिकृया आईसकेको छैन । भने मित्र राष्ट्र चीन भने परिस्थितिको मौन बिश्लेषण गरिरहेको अनुमान गर्न सकिन्छ ।
चीनको छेन्दुको महावाणिज्य दूतावास बन्द गर्ने घोषणा
May 29, 2026
39
Advertisment




