पोखरा । कास्कीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा कुमानसिंह गुरुङले कार्यभार सम्हालेकाछन् । 
गृह मन्त्रालयले गत हप्ता गरेको निर्णयअनुसार यसअघिका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा धनकुटा सरुवा भएकी छन् । 
गृह मन्त्रालयको नियमित प्रशासनिक सरुवाअन्तर्गत शर्मा र गुरुङको जिम्मेवारी हेरफेर गरेको थियो । गुरुङ तनहुं जिल्लाका स्थायी बासिन्दा हुन । यस अघि उनले गण्डकी प्रदेश अन्तर्गतको पर्यटन मन्त्रालयको सचिबको भुमिका निर्वाह गरिसकेको छन् ।



