पोखराबाट ब्राउनसुगरसहित एक युवक पक्राउ

युनाईटेड खबर, पोखरा, २४ असार । पोखरामा लागू औषध ब्राउनसुगर (खैरो हेरोइन) सहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ पोखरा महानगरपालिका वडा नं. १८ सेदीबाट एक युवकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा अर्घाखाँचीको शितागंगा गाउँपालिका वडा नं. २ स्थायी घर भई हाल पोखरा घुम्न आएका २५ वर्षीय हरी बहादुर घर्ती रहेका छन् । लागू औषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ: १.९०० ग्राम र मोबाइल १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बीरेन्द्र कुमार पासवानले जानकारी दिएकाछन । डिएसपि पासवानका अनुसार शंका लागेर चेकजाँच गर्दा घर्तीको साथबाट उक्त परिमाणको लागू औषध फेला परेको जनाएको छ ।
पक्राउ परेका घर्तीमाथि लागू औषध सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरी बुलेटिनमा उल्लेख गरिएको छ ।

Advertisment