पोखरा, २८ असार । बेलायती सेना (ब्रिटिस आर्मी) (१९५७) का पूर्व सैनिक क्याप्टेन गणेश गुरुङको पोखरामा ८४ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि पोखरालाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएका गुरुङको हालै निधन भएको हो।
वहां बेलायती सेनामा ब्याईमा भर्ति भई १/२ गोर्खा राईफलमा रही योगदान दिनुभएको थियो । फुटबल खेलका खेलाडीका रुपमा समेत ख्याति कमाउनुभएका क्याप्टेन गुरुड सामाजिक क्षेत्रमा समेत निकै सक्रिय हुनुहुन्थ्यो।
उहाँ खिलाङ तमु समाज पोखराका पूर्व अध्यक्ष समेत रहनुभएको थियो। आफ्नो कार्यकालमा उहाँले समाजको उत्थान र तमु (गुरुङ) संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको स्थानीयहरू सम्झिन्छन्।
गुरुङको निधनले समाजलाई अपूरणीय क्षति पुगेको छ। दिवंगत गुरुङका श्रीमती, एक छोरा र तीन छोरीहरू हुनुहुन्छ। जेठी छोरी नेपाल टेलिभिजनका पुर्ब समाचार बाचिका सरिता गुरुड हुनुहुन्छ ।
यसैबीच, दिवंगत गुरुङको १३ औं दिनको पुण्य तिथि (शोक सभा) तिथीको कार्जे अर्घौं २६ र २७ असारमा सम्पूर्ण कार्य पनि सम्पन्न भइसकेको पारिवारिक स्रोतले जनाएको छ। उहाँको १३ औं दिनको पुन्य तिथिमा विभिन्न क्षेत्रका व्यक्तिहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।




