गुरुङ चलचित्र ‘सैँर्बे म्रु (मनको राजा)’ को पोखरामा अन्तिम धमाकेदार प्रदर्शन हुँदै, साउन २ गते पाँचौँ शो

पोखरा । नेपाली भाषामा निर्मित बहुप्रतीक्षित गुरुङ चलचित्र “सैँर्बे म्रु (मनको राजा)” को पोखरामा अन्तिम प्रदर्शन हुने भएको छ। पोखरा, घान्द्रुक, ताप्लेजुङ र काठमाडौँका दर्शकहरूबाट अपार माया र अभूतपूर्व साथ पाएको यस चलचित्रको पोखराका लागि यो नै अन्तिम अवसर हुने निर्माण पक्षले जनाएको छ।

यसअघि पोखरामा ४ पटक भव्य र सफल प्रिमियर शो प्रदर्शन गरिसकेको यस चलचित्रका निर्माता एवं नायक अमृत गुरुङका अनुसार, आगामी साउन २ गते शनिबार दिउँसो २:३० बजे पोखराको मिडटाउन सिनेमा हलमा पाँचौँ पटक विशेष प्रदर्शन गर्न लागिएको हो।

विभिन्न स्थानमा पाएको सफलता:

 पोखरा: ४ पटक सफल प्रदर्शन (साउन २ गते पाँचौँ तथा अन्तिम शो)

 घान्द्रुक: १ पटक सफल प्रदर्शन

 ताप्लेजुङ: २ पटक सफल प्रदर्शन

 काठमाडौँ: २ पटक सफल प्रदर्शन

Advertisment