युनाईटेड खबर, काठमाडौँ । रसुवास्थित भोटेकोसीमा आएको बाढीका कारण प्रभावित भएकाहरूलाई सुरक्षाकर्मीहरूले उद्धार गरिरहेका छन् । अहिलेसम्म ८८ जनालाई रसुवाबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । ६ वटा हेलिकप्टरबाट बाढी प्रभावितहरूको उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई जनालाई बाढी प्रभावित स्थलतर्फ पठाइँदैछ । बाढीमा फसेकाहरूको खोज तथा उद्धारमा ३ वटा ड्रोन पनि प्रयोग गरिएको सेनाले जनाएको छ ।




