रसुवा बाढीपहिरो राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा सहयोग

पोखरा। रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।

विपद्बाट प्रभावित व्यक्ति तथा समुदायको राहत र पुनःस्थापनामा योगदान पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको भायानेटले जनाएको छ। कोषमार्फत प्राप्त रकमले सरकारले सञ्चालन गरिरहेका राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सघाउ पुग्ने कम्पनीको अपेक्षा छ।

विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत र पुनःस्थापनाका काममा सहयोग पुर्‍याउनु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष भएको भायानेटको भनाइ छ।

बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कम्पनीले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै प्रभावित व्यक्ति तथा समुदायप्रति आफ्नो ऐक्यबद्धता समेत जनाएको छ।

उद्धार, राहत तथा सहयोगका कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा विभिन्न मानवीय सहायता संस्थाप्रति कम्पनीले आभार व्यक्त गरेको छ। प्रभावित समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि भइरहेका राष्ट्रिय प्रयासमा सहयोग र सहकार्यलाई निरन्तरता दिने भायानेटको प्रतिबद्धता रहेको छ।

Advertisment