कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन: बानियाँको अध्यक्षतामा नयाँ समिति, संस्थामा अभूतपूर्व एकता

युनाईटेड खबर पोखरा। कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को पाँचौँ महाधिवेशनले शिव बानियाँलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ। शनिबार, २०८३ कार्तिक १४ गते पोखरामा (भौतिक तथा जुम भर्चुअल माध्यमबाट) सम्पन्न महाधिवेशनले विगतका असमझदारी र मनमुटाव अन्त्य गर्दै संस्थाभित्र एकता र सहकार्यको सन्देश प्रवाह गरेको छ।

संस्थाबाट अलग भएर अर्को संस्था गठन गरेको हम्शराज ढकाल नेतृत्वको समूहलाई समेत संस्थागत रूपमा समेट्न विधान संशोधन समितिका संयोजक डा. सुन्दर पौडेलको टोलीले विधानमा आवश्यक परिमार्जन गरेको थियो। निर्वाचन समितिका संयोजक विमल सुवेदी र सदस्य सचिव कृष्ण तिमिल्सिनाले सबै पक्षबीच सहमति कायम गरी सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको जानकारी दिए।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष शिव बानियाँको सभापतित्वमा सम्पन्न उद्दघाटन सत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रदेशसभा सदस्य सरस्वती गुरुङ, प्रदेश प्रेस रजिस्ट्रार विमला भण्डारी, एनआरएनएका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, सचिव शिव पौडेल, संस्थापक अध्यक्ष पूर्ण तिमिल्सिना र संस्थापक विश्व बराल लगायत विभिन्न संघसंस्थाका प्रमुख, प्रतिनिधि तथा आमा समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उपाध्यक्ष सन्तोष तिमिल्सिनाको स्वागत मन्तव्य रहेको कार्यक्रममा केदार कुँवरले प्रगति प्रतिवेदन र विकास अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै सांस्कृतिक संयोजक चोलेन्द्र पौडेलको संयोजनमा कलाकारहरू तुलसी क्षेत्री, पार्वती जिसी र रामजी पौडेल लगायतले सांगीतिक प्रस्तुति दिएका थिए।

महाधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ कार्यसमिति:

 अध्यक्ष: शिव बानियाँ (अमेरिका)

 वरिष्ठ उपाध्यक्ष: विकास शाही (यूएई)

 महिला उपाध्यक्ष: पूजा शाह ठकुरी (नेपाल)

 उपाध्यक्षहरू: सन्तोष तिमिल्सिना (नेपाल), इन्द्रकमल राजभाट (बेल्जियम), दीपक थापा (अमेरिका), प्रविण गिरी (दक्षिण कोरिया), अमर सापकोटा (साउदी अरेबिया), मनबहादुर कुँवर (नेपाल), नेत्र केसी (अमेरिका), प्रमिला भण्डारी

 महासचिव: अग्निधर देवकोटा (कतार)

 उपमहासचिवहरू: राजेन्द्र गौतम (पोर्चुगल), विश्वज्योति सुवेदी (नेपाल)

 सचिवहरू: नवीन पौडेल (कतार), रमेशबहादुर खत्री (क्यानडा), शिवराज अधिकारी (नेपाल)

 महिला सचिवहरू: कान्ति तिमिल्सिना (बेल्जियम), सरस्वती सिग्देल (नेपाल)

 कोषाध्यक्ष: विश्वबन्धु थापा (नेपाल)

 सह–कोषाध्यक्ष: तीर्थबहादुर भण्डारी (बहराइन)

 महिला संयोजक: बिन्दु गौतम पौडेल (पोर्चुगल)

 अमेरिका क्षेत्रीय संयोजक: डम्बरजङ्ग गुरुङ (अमेरिका)

 मध्यपूर्व क्षेत्रीय संयोजक: प्रकाश विश्वकर्मा (कतार)

 युरोप संयोजक: अर्जुन भण्डारी (पोर्चुगल)

विश्वभर छरिएर रहेका कास्केलीहरूलाई एउटै साझा अभियानमा जोड्दै सामाजिक सेवा र सहकार्यलाई थप सुदृढ बनाउने संकल्पका साथ महाधिवेशन सम्पन्न भएको छ।

Advertisment