दोस्रो सेभेन ए साईड भिमकाली कप

पोखरा १५ बैशाख ।“स्वास्थ्यका लागी खेलकुद, खेलकुदका लागी भिमकाली युथ क्लब” भन्ने ंनाराका साथ आज ९आईतबार० देखी सञ्चालन हुने दोस्रो सेभेन ए साईड भिमकाली कप –२०७५ को सम्पुर्ण तयारी पुरा भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका –१ बगरमा क्रियाशिल भिमकाली युथ क्लबको आयोजनामा बैशाखको १६ देखी २२ गते सम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको हो ।

प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त गर्ने प्रतियोगिताका आर्थीक संयोजक अनिश गुरुङले बताए । उनका अनुसार उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार हात पार्नेछ ।

गुरुङले प्रतियोगितामा बिद्यागत पुरस्कारको ब्यबस्था रहेको बताउदै उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार सहित एक थान डिस होम सेट प्रदान गर्ने बताए ।

त्यसैगरी सर्बाधिक गोलकर्ता, उत्कृष्ट किपर, उत्कृष्ट डिफेण्डरलाई जनही ५ हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्परको साथमा प्याराग्लाईडिङ् फ्लाईटको ब्यबस्था गरिएकोे गुरुङको भनाई छ ।

गुरुङका अनुसार प्रतियोगितामा सहभागी टिमहरु मध्येबाट एक अनुशासित टिमलाई शिल्ड तथा प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

पोखरा लेखनाथ महानगरपालिका–ं १ पुरानो टुडिखेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा बिरभद्र जंग गुल्मका गुल्मपति मेजर जनमत कार्कीको समन्वयमा गुल्मी युनाईटेड सहित ६६ टिमको टिम दर्ता भैसकेको प्रतियोगिताका संयोजक ईश्वर गुरुङ ९चन्द्र० ले बताए ।

प्रतियोगितामा द्धित्तिय पुरस्कार पबित्र गणेश हार्डवयरले सौजन्य गरेको छ भने स्व। मनोज गुरुङको सम्झनामा खुशीमान गुरुङद्धारा नगद रु ५० हजार तथा कोरिया, जापान, बेलायत, फ्रान्स, हङकङ, अष्ट्रेलिया, पोर्चुगल, अमेरिका तथा बहराईन लगायतका देशमा रहेका क्लबका पूर्ब सदस्यहरुले प्रतियोगिता सम्पन्न गर्नका लागी आर्थिक सहयोग गरेका छन ।

Advertisment