हुम तमु
पोखरा, २७ साउन
आज साउन महिनाको अन्तिम मंगलवार तमु समुदायको साँस्कृतिक पर्व ट्होटे २०७७ कोरोनाको कहरको बिचमा तमु धिं नेपालले मनाएको छ। कोरोनाको कहरको विचमा गत चैत्रको अन्तिम पटक र साउनको अन्तिम मंगलवार साँस्कृतिक निरन्तरताका साथै कोरोना अन्त्यको कामना गर्दै मनाएको हो।
पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालका कार्यसमिति, साँस्कृतिक उपसमिति, आमा समिति, तमु विद्यार्थी समिति र तमु गुरुङ कलाकारसहित चारभञ्ज्याङ तमु समाजको प्रतिनीधिमुलक सहभागीतामा मनाएको हो। तमु धिं नेपालकी अध्यक्ष कर्म तमु र साँस्कृतिक उपसमिति तथा ट्होटें समितिका संयोजक मेनकाजी तमुले धुप हाली ट्होटेको प्रारम्भ गरिएको थियो।
कोरोना संक्रमण सुरक्षाका सजगता अपनाउदै शुरु गरिएको तमु धिं भवनलाई तमुहरुको साझा घर तमु ह्युला, नास ट्हो मान्दै कोरोनाको संक्रमणको अन्त्य, मुलुकको राजनितिक, सामाजिक,साँस्कृतिक लगायत भ्रष्टचार कमिशन, विकृति विसंगतिको अन्त्यका कामनासहित सेती नदिमा पुर्याई सेलाईएको थियो।
कोरोना संक्रमण बिच तमु धिं नेपालले ट्होटें यसरी मनायो
August 12, 2020
610
Advertisment




